Comments Add Comment

हचुवाको भरमा विजुलीको भाउ बढाइएको भन्दै उपभोक्ताबादीको उजुरी

Bulb,-Bijuli१७ असार, काठमाडौं । सरकारले हचुवाका भरमा विजुलीको मूल्य बढाएको भन्दै उपभोक्ता हकहित संसक्षण मञ्चले छानविनको माग गर्दै संसदीय समितिमा उजुरी गरेको छ ।

मञ्चका महासचिव ज्योति बानियाँले व्यवस्थापिका संसदको उपभोक्ता हित संरक्षण समिति र कृषि तथा जलस्रोत समितिमा निवेदन दर्ता गराएका हुन् ।

बिहीबार राती सरकारले आगामी साउन १ गतेदेखि लागू हुनेगरी विजुलीको भाउ २० प्रतिशतले बढाउने निर्णय गरेको थियो ।

‘बिजुली चाहिँ नदिने तर एकैपटक २० प्रतिशतले विद्युतको महशुल बढाउने सरकारको निर्णय उपभोक्तालाई अन्यायमा पारेको छ,’ बानियाँले भने- ‘यसमाथि संसदीय समितिले छलफल र बहस गरि उपभोक्ताको हित संसक्षण गराउनुपर्छ ।’

महशुल निर्धाण गर्दा सरोकारवालाहरुलाई सुनावाइ नगरेको उनको गुनासो छ । ‘विद्युत महशुल परिवर्तन गर्दा साविकमा कायम रहेको विद्युत महशुलमा ५ प्रतिशतमा नबढ्नेगरी र वर्षमा एकपटक मात्र परिवर्तन गर्न सक्नेछ,’ ‘विद्युत महशुल निर्धाण नियमावली २०५० को नियम ६ लाई उदृत गर्दै बानियाँले भने ।

विद्युत चुहावट नियन्त्रण, कर्मचारीको सुविधा पुनरावलोकन र फजुल खर्च कटौती मात्रै गरेको भएपनि सरकाले बिजुलीको मुल्य बढाउँदा बराबरको रकम बचत गर्नसक्ने उनले बताए ।

संसदको उपभोक्ता हित संरक्षण समितिका सभापति भिष्म आङदेङबेले उपभोक्तालाई अन्याय परेको भन्दै समितिकिो सचिवालयमा निवेदन परेको र त्यसमाथि आफुहरुले अध्ययन गरिरहेको जानकारी दिए । हामी यस विषयमा अध्ययन गरिरहेका छौं ।

‘केही दिनको अध्ययनपछि यो विषयमाथि समितिमा छलफल हुन्छ,’ आङदेङबेले भने- ‘सांसदहरुको रायका आधारमा सरकारलाई के निर्देश्न दिनुपर्ने हो त्यो दिइने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment