Comments Add Comment

हवाइ इन्धनको मूल्य घट्यो, लिटरमा १० रुपैयाँ सस्तो

NAC Airbus 320
१७ असार, काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ । आजै रातिदेखि लागू हुने गरी निगमले आन्तिरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

यसअघि १ सय ९ रुपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको हवाइ इन्धको मूल्य अब ९९ रुपैयाँमा झरेको छ । अब हवाइ इन्धनको मूल्य पेट्रोल कै बराबर भएको आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले अनलाइनखबरलाई जानकारी दिए ।

अहिले काठमाडौंमा पेट्रोल लिटरको ९९ रुपैयाँकै कारोबार भइरहेको छ । यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाइ इन्धनको मूल्य प्रति किलोलिटर १ सय डलरले घटेको छ । यसअघि प्रतिकिलोलिटर ९ सय ८१ डलर  रहेको हवाइ इन्धनको मूल्य अब ८ सय ८१ डलरमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment