Comments Add Comment

बेइजिङको चर्चित रेष्टुरेन्टमा देउवाको फोटो !

sherbahadur deuba_china१९ असार, काठमाडौं । हाँसको मासुका लागि ‘बेइजिङ डक’ विश्वप्रशिद्ध चिनियाँ ब्राण्ड हो । संसारका विभिन्न देशमा बेइजिङ डक रेस्टुरेन्टका शाखाहरु खुलेका छन् । बेइजिङमै रहेको ‘बेइजिङ डक’ मा चाँहि नेपालका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको ऐतिहासिक तस्वीर देख्न पाइन्छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सन् १९९६ मा चीन भ्रमणमा गएका थिए । त्यसबेला उनी ‘बेइजिङ डक’मा हाँसको मासु खान छिरे । त्यहाँ देउवाले हाँसको चिनियाँ परिकारको स्वाद लिएपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे ।

नेपालका प्रधानमन्त्रीले २० वर्ष पहिले बेइजिङको रेष्टुरेन्टमा पसेर खाना खाएपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै गरेको पुरानो तस्वीर अहिले पनि रेष्टुरेन्टको भित्तामा सजिएको छ ।

सो रेस्टुरेन्टमा नेपालका तत्कालीन प्रधानमन्त्री देउवाको मात्रै नभएर संसारभरिका नेताहरु, जसले रेष्टुरेन्टको स्वाद लिए, उनीहरुको तस्वीर भित्तामा सजाइएको देख्न पाइन्छ । साथै चीनका पुराना नेताहरुको तस्वीर पनि उक्त पुरानो एवं भव्य रेष्टुरेन्टका भित्तामा देख्न पाइन्छ ।

Peking_Duck_1बेइजिङ भ्रमणमा आउने विदेशी भीइआइपी पाहुनाहरुलाई चिनियाँले यो महंगो एवं पुरानो रेष्टुरेन्टमा प्रायः लैजाने गर्दछन् ।
अलि महंगो एवं धनाढ्यहरुको रोजाइमा पर्ने बेइजिङ डक रेष्टुरेन्टमा पुग्दा टेबलमा एउटा सिंगै हाँसको मासुले स्वागत गरिन्छ । हाँसका साथमा काँचो लसुनको पत्ता, झोल अचार र रोल बनाउनका लागि बेलिएको रोटीजस्ता परिकार राखिएका हुन्छन् ।

त्यहाँ तपाईले आफैं ‘डक रोल’ बनाएर खानुपर्ने हुन्छ । रेष्टुरेन्टका कर्मचारीले तपाईलाई रोल बनाउन सिकाउँछन् ।
कांग्रेस नेता देउवाले पनि २० वर्षअघि यसैगरी ‘डक रोल’ बनाएर खाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment