Comments Add Comment

गाविस सचिवहरुलाई कार्यालय नछोड्न निर्देशन

ministery-of-local-development, Sthaniya Bikas२० असार, काठमाडौं । गाविसबाट नागरिकले पाउनुपर्ने सेवा सुविधा झन्झटिलो र ढिलासुस्ती भएको भन्दै स्थानीय विकास मन्त्रालयमा गुनासो बढेको छ । यस्तै सतर्कता केन्द्रले गरेको अनुगमनले पनि सार्बजनिक निकायबाट प्रदान हुने सेवा प्रभावकारी नभएको देखाएको छ ।

यसैका आधारमा सोमबार स्थानीय विकास मन्त्रालयले गाविस सचिवहरुलाई त्यस्ता प्रवृत्ती सुधार्न निर्देशन दिँदै परिपत्र गरेको छ ।

मन्त्रालयले जारी गरेको परिपत्रमा गाविस सचिवहरुलाई अनिवार्य रुपमा गाउँ विकास समितिको कार्यालयमै बसेर काम गर्न भनिएको छ ।

नागरिक वडापत्र अनिवार्य

यस्तै अनुगमनमा गाउँ विकास समितिले कानुन बमोजिम नागरिक वडापत्र राखेको नभेटिएकाले सबै गाविसमा नागरिक वडापत्र अनिवार्य राख्न पनि निर्देशन दिइएको छ । सतर्कता केन्द्रले सार्वजनिक निकायबाट प्रदान गरिने सेवाप्रवाह प्रभावकारी नभएको भन्दै स्थानीय विकास मन्त्रालयलाई सचेत गराएको थियो ।

यस्तै सतर्कता केन्द्रले गरेको अनुगमनमा भ्रष्टाचार जन्य गतिविधि बढेको पाइएकाले त्यस्ता गतिविधि रोक्ने गरी काम गर्न पनि निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment