+

मेस्सी रोएको देख्दा राम्रो लाग्दैन, आशा छ उनी राष्ट्रिय टिममा फर्कनेछन्ः रोनाल्डो

२०७३ असार  २१ गते ८:३८ २०७३ असार २१ गते ८:३८
मेस्सी रोएको देख्दा राम्रो लाग्दैन, आशा छ उनी राष्ट्रिय टिममा फर्कनेछन्ः रोनाल्डो

ronaldo२१ असार, काठमाडौं । रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीको सन्यासबारे बोलेका छन् ।

कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार व्यहोरेपछि मेस्सीले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरे, जुन खेलमा मेस्सीले नै पेनाल्टी मिस गरेका थिए ।

मेस्सीको यो निर्णयलाई अर्जेन्टिनी फुटबल समर्थकहरुले अझैसम्म स्वीकार गर्न सकिरहेका छैनन् ।

युरोकपमा वेल्ससँग सेमिफाइनल खेल्नु अघि रोनाल्डोले भने, उनले कठिन निर्णय लिएका हुन् र मानिसहरुले यो बुझ्नुपर्छ ।’
‘उन(मेस्सी)लाई हार्ने र निराश हुने आदत छैन । यतिसम्म कि दोस्रो हुने पनि’ उनले अघि भने, ‘एउटा पेनाल्टी मिस गर्दैमा खराब खेलाडी भइँदैन ।’

रोनाल्डाले आफ्ना चिरप्रतिद्वन्द्वी भएपछि मेस्सीलाई प्रोत्साहित गर्दै भनेका छन्, मेस्सी रोएको देख्दा राम्रो लाग्दैन । मलाई आश छ कि उनी राष्ट्रिय टिममा फर्कनेछन् ।’

क्रिष्टियानो रोनाल्डो मेस्सी सन्यास

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय