Comments Add Comment

यी हुन् विश्वकै तिब्र गतिमा दौडिने पाँच कार

२१ असार, काठमाडौं । विश्वमा यस्ता कारहरु उत्पादन भएका छन्, जसको स्पिड बिजुलीको जस्तै तेज छ । आँखाको नानीलाई समेत यी कारको गति ठम्याउन धौ-धौ पर्छ । खासगरी यी कारहरु रेसिङ गेममा कुदाउने गरिन्छ ।

विश्वमा अत्याधिक तिब्र गतिमा दौडिने ५ कारहरु छन् । जुन कारहरु प्रतिघण्टा ४३० किलोमिटर भन्दा बढी तिब्र गतिमा कुद्न सक्छन् ।

Koenigsegg One:1

Koenigsegg_One1-final

यो विश्वमै सबैभन्दा बढी कुद्ने कार हो । यो कार प्रतिघण्टा ४४० किलोमिटर दौडिन सक्छ । १० सकेन्डमै यसले प्रतिघण्टा ४०० किलोमिटरको गति समेट्न सक्छ ।

यसमा ट्वीन टर्बो ५.० लिटर वी८ इञ्जिन जडान गरिएको छ । अहिलेसम्म यो कार सात मोडलमा उत्पादन भएको छ । यसको तौल १३६० किलो छ ।

SSC Ultimate Aero XT

SSC-Ultimate-Aero-XT-final

सेलेवे सुपर कार्स (एसएससी) को स्पिड पनि बिजुलीको जस्तै तेज छ । यो कार प्रतिघण्टा ४३९ किलोमिटर गतिमा दौडिन सक्छ । यसमा ट्वीन टर्वो वी८ इञ्जिन जडान गरिएको छ । जसले १३०० हर्सपावरको क्षमता राख्छ ।

यसले ११ सेकेन्डमा ० बाट १०० किलोमिटरको गति लिन सक्छ । यो कारमा १११२ एफटी-एलबीएस टर्क रहेको छ ।

9ff GT9 Vmax

9ff-GT9-Vmax-final

9ff कम्पनी जर्मनीको तिब्र गतिको कार निर्माता हो । 9ff GT9 Vmax मा ४.२ लिटर ट्वीन टर्बो फ्लैट ६ इञ्जिन जडान गरिएको छ । जुन इञ्जिनले कारलाई प्रतिघण्टा ४३७ किलोमिटरको गतिमा दौडाउँछ ।

यो कारको तौल १३४० किलोग्राम रहेको छ । यसमा १३८१ बीएचपी पावर, ८५५ एलबी-एफटी टर्क रहेको छ । यो कारले १३ सेकेन्डमै ३०० किलोमिटरको गति लिन सक्छ ।

Hennessey Venom GT

Hennessey-Venom-GT-final

Hennessey Venom GT को पहिलो कार २०११ मा बजारमा आएको थियो । यो कारको मुकाबिला बुगाटी बेरोनसँग भयो । विश्वको द्रुत गतिको कारको रुपमा गिनिज रेकर्डका लागी दुई कारबीच टक्कर भएको थियो ।

यो कारको तौल १२४४ किलोग्राम रहेको छ । यो कार प्रतिघण्टा ४३५ किलोमिटरको गतिमा दौडिन सक्छ । यसमा ट्वीन टर्बो ७.० लिटर सेवी वी८ इञ्जिन प्रयोग गरिएको छ । यो कारले १३.३६ सेकेन्डमा ०-३०० किलोमिट प्रतिघण्टाको स्पिड लिन सक्छ ।

Bugatti Veyron 16.4 SS

Bugatti-Veyron-16.4-SS-fina

यो सेगमेन्टको कारमा बुगाटी वेरोन सबैभन्दा चर्चित कार हो । यो कार २००५ सालमा सार्वजनिक गरिएको थियो । सार्वजनिक भएसँगै यो कारले सुपर कारको उपाधी पाएको थियो । यसमा ८ लिटर डब्ल्यू १६ इञ्जिन जडान गरिएको छ ।

बुगाटी विश्वका द्रुत गतिका कारहरुमध्ये एक हो । अहिलेसम्म यसको ३० वटा मोडल उत्पादन भएका छन् । यो कार प्रतिघण्टा ४३१ किलोमिटरको गतिमा दौडिन सक्छ । यसमा ४ टर्बोचार्ज, १६ सिलिन्डर, १००१ एचपी पावर, १२५० एनएम टर्क लगायतका फिचर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment