Comments Add Comment

प्रधानमन्त्री ओलीले भने- अहिलेको सरकार ढाले पाप लाग्ला !

'अहिलेको सरकार पाँच दशकयताकै लोकप्रिय'

KP Oli

२१ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने खेलमा नलाग्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई आग्रह गरेका छन् । उनले आफूले नेतृत्व गरिरहेको वर्तमान सरकारलाई ढलाए ‘पाप’ लाग्ने बताए ।

नेपाल परिवार दलको मंगलबार काठमाडौंमा सुरु भएको दोस्रो महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मैले ५०-५१ वर्ष राजनीतिक गर्दा जनताको यति धेरै माया र समर्थन पाएको सरकार देखेको छैन । एक गायकले गाएको सुनेथें- पाप लाग्ला है…। म भन्न चाहान्छु सरकार हटाउन हतार गर्नेलाई पाप लाग्ला । चुनाव आउँदैछ जनताले हेरिरहेका छन् ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको बहकाउमा लागेर अहिलेको सरकार ढाल्नतिर लागे त्यसको परिणाम आगामी चुनावमा देखिने उनले चेतावनी दिए । आफ्नो आग्रहलाई सरकार टिकाउन खोजेको रुपमा मात्र नलिन ओलीले माओवादी केन्द्रको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फ लक्षित गर्दै छेउँछाउँमा बसेर सरकार ढले हुन्थ्यो भनेर चाहना राख्नेहरुको इच्छा पूरा नहुने पनि बताए । पाँच दशकयता बनेका सरकारमध्येमा आफू नेतृत्वको सरकारलाई नेपाली जनताको सबैभन्दा धेरै माया ममता र समर्थन गरेको दाबी ओलीले गरे ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसमाथि डेढ वर्षभित्र तीन तहको निर्वाचन गरेर संविधानको कार्यान्वयन गर्नुपर्ने अवस्थामा संक्रमणकाल लम्ब्याउने षडयन्त्रमा लागेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment