Comments Add Comment

कोरोना खोप उत्पादन दोब्बर बनाउन राष्ट्रसंघका प्रमुखको आग्रह

३० वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरसले विकासशील राष्ट्रमा कोरोना खोपको सहज वितरणको लागि उत्पादन दोब्बर गर्नुपर्ने बताएका छन् । पछिल्लो समय विकासशील मुलुकमा कोरोनाको नयाँ लहर फैलिरहेकाले खोप उत्पादन दोब्बर पार्नु जरुरी रहेको गुटेरसको भनाइ छ ।

हाल धेरै मुलुकले खोपको अभाव झेलिरहेका छन् । विशेषगरी भारतलगायत कोरोनाको नयाँ लहरले आक्रान्त भएका मुलुकले खोप अभावको सामना गरिरहनु परेको छ । यद्यपि अहिले विश्वका केही धनी मुलुकले भने आफ्ना अधिकांश मानिसहरुलाई कोरोना खोप लगाइसकेका छन् । केही मुलुकले आफ्ना नागरिक सबैलाई दिंदा पनि बढी हुने गरी कोरोना खोप थुपारिरहेका छन् ।

‘विकसित मुलुकले आफ्ना अधिकांश नागरिकलाई कोरोना खोप लगाइरहँदा धेरै विकासशील मुलुकका नागरिकले एक डोज खोप पनि नपाउने हुनु पूर्णरुपमा अस्वीकार्य छ,’ गुटेरसले भने । अहिले विश्वका केही विकासशील मुलुकमा कोरोना भाइरसको म्युटेसन र नयाँ भेरियन्टहरु डढेलोजस्तै फैलिएको गुटेरसको भनाइ छ । उनले विश्वका सबै क्षेत्रका मानिसलाई कोरोना खोप लगाउने लक्ष्य हुनुपर्ने बताए ।

एजेन्सीहरुको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment