Comments Add Comment

बुटवलमा थप तीनजना संक्रमितको मृत्यु

३० वैशाख, बुटवल । रुपन्देहीमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनजना मध्ये दुईजना तिलोत्तमा नगरपालिकाका र एकजना बुटवलका छन् ।

बुटवल–६ का ८१ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा बिहीबार बिहान ५.३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

यस्तै तिलोत्तमा–५ का ७५ वर्षका पुरुषको बुटवल धागो कारखानाको कोभिड अस्पतालमा बिहान ७.४५ बजे तथा तिलोत्तमा–१३ का ५५ वर्षीय पुरुषको बुधबार राति ८.१५ बजे मृत्यु भएको प्रवक्ता गौतमले बताए । उनीहरु मध्ये एकजना आईसीयू र एकजना एचडीयूमा उपचाररत थिए ।

योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ३१२ पुगेको छ । जिल्लामा ७००२ जना सक्रिय संक्रमित छन् । बुधबार रुपन्देहीमा हालसम्मकै धेरै १६ जना संक्रमितको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment