+
+
Shares

कारभित्रै रश्मी मृत्यु घटना : भेटियो सीसीटीभी कभरेज

‘सीसीटीभी फुटेज हेर्दा कुनै संकास्पद घटना देखिँदैन । तेस्रो पक्षको उपस्थिति पनि देखिँदैन,’ एसपी भट्टराई भन्छन् । प्रारम्भिक अनुसन्धानमा कुनै संकास्पद नदेखिएको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तारकेश्वर नगरपालिकामा मृत भेटिएकी रश्मी रिजालको घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ ।
  • फुटेजमा रिजाल कारको ड्राइभर सिटबाट पछाडि सरेको र त्यसको केहीबेरमा गाडीबाट धुवाँ निस्किएको दृश्य देखिएको छ ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले घटनामा कुनै तेस्रो पक्षको संलग्नता नदेखिएको बताएका छन् ।

१० साउन, काठमाडौं । तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र मृत भेटिएकी रश्मी रिजालबारे अनुसन्धान गरेको प्रहरीले सीसीटीभी फुटेज फेला पारेको छ ।

घटनास्थल वरपरको सीसीक्यामेरा हेर्ने क्रममा रिजालको गतिविधि कैद भएको फुटेज फेला परेको हो । जसमा तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ वर्षीया रिजाल अगाडिको ड्राइभर सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिएको प्रहरीले बताएको छ ।

सानिमा क्यापिट लिमिटेड नक्सालमा मर्चेन्ट हेडको रूपमा कार्यरत रिजाल पछाडिको सिटमा बसेको केहीबेरमा गाडीबाट धुवा निस्कन थालेको दृश्य सीसीभीटीमा देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराई बताउँछन् ।

‘सीसीटीभी फुटेज हेर्दा कुनै संकास्पद घटना देखिँदैन । तेस्रो पक्षको उपस्थिति पनि देखिँदैन,’ एसपी भट्टराई भन्छन् । प्रारम्भिक अनुसन्धानमा कुनै संकास्पद नदेखिएको र थप विषय भने पोस्टमार्टम रिपोर्ट आएपछि खुल्ने प्रहरीले बताएको छ ।

रिजालको शव पोस्टमार्टमपछि आज आइतबार आफन्तले बुझेका छन् । रिजाल ८ साउनको ७ बजेबाट हराएकी थिइन् । यसको भोलिपल्ट दिउँसो १ बजे बीएई ०४१० नम्बरको ईभी कारभित्र जलेको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त कार रिजालले नै प्रयोग गर्दै आएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?