+
+
Shares

परिवार दलको अध्यक्षमा पुन ढकाल  निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २२ गते १५:५३

Eaknath-Dhakal

२२ असार, काठमाडौं । नेपाल परिवार दलको अध्यक्षमा एकनाथ ढकाल निर्वाचित भएका छन् । महामन्त्रीमा बिनोद डाँगी निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन दोस्रो राष्ट्रिय महाधिवेशनले पाँच बर्षका लागि एकनाथ ढकालको अध्यक्षतामा सर्वसम्वत् नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

५१ सदस्यीय कार्यसमितिमा अध्यक्ष, महामन्त्री, प्रत्येक प्रदेशबाट १ महिलासहित दुर्इ-दुर्इ जना, खुल्ला केन्द्रीय सदस्य ७ र दलित, पिछडाबर्ग, मुस्लिम, मधेसी र आदिवासी जनजातिको आरक्षित कोटाबाट एक-एक  गरी २८ सदस्यीय समिति चयन गरेको हो । बाँकी रहेका २३ सदस्य अध्यक्षले मनोनयन गरी कार्य समितिलाई पूर्णता दिनेछ ।

महाधिबेशनमा ७५ वटै जिल्लाका १२ सय प्रतिनिधि सहभागी भएका थिए । महधिबेशनले आन्दोलन, हड्ताल होइन बिकास आजको आबश्यकता हो भन्ने नीति पारित गरेको छ ।

महाधिबेशन समापन घोषणा सभामा नवनिर्बाचित अध्यक्ष एकनाथ ढकालले आर्थिक, नैतिक र बिचारको आन्दोलन अहिलेको आबश्यकता भएको वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?