Comments Add Comment

कारको ठक्करबाट युवकको मृत्यु

२३ असार, चितवन । पश्चिम चितवनको चित्रवन नगरपालिका-१२ स्थित ज्योतीनगरमा घाँस काटेर फर्किँदै गरेका एक व्यक्तिको कारको ठक्करबाट मृत्यु भएको छ ।

बा १४ च ५७१५ नम्बरको कारले बिहीबार ठक्कर दिँदा स्थानीय २५ वर्षीय नारायणप्रसाद अधिकारीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

साइकलमा घाँस राखेर बाटो किनारमा उँभिरहेका बेला अधिकारीलाई कारले ठक्कर दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment