Comments Add Comment

आपूर्तिमन्त्रीको अनुगमनः जथाभावी गर्भपतन गराउने क्लिनिकमा शिलबन्दी

२३ असार, काठमाडौं । स्वास्थ्य जाँच इजाजतपत्र नपाएका व्यक्तिले विरामी जाँच्ने गर्ने जस्ता समस्या भेटिएपछि सरकारको अनुगमन टोलीले बालाजु स्वास्थ्य क्लिनिकलाई शिल गरिदिएको छ । यसैगरी गोंगबुस्थित आराधना हेल्थ केयर सेन्टर प्रालिमा पनि अनुगमन टोलीले शिल गरेको छ ।

Ganeshman-Punआपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वको अनुगमन टोलीले बिहीबार छापा मार्दा बालाजु स्वास्थ्य क्लिनिकमा जथाभावी गर्भपतन गराउने गरेको पाइएको थियो ।

अधिकांश क्लिनिक इजाजतविना सञ्चालन

यस्तै बाहिर डाक्टरको नाम टाँस्ने तर भित्र आफैंले मनलाग्दी बढी मूल्यमा औषधि दिने गरेको, बाहिर नाम टाँसिएको डाक्टर पनि उपचार गर्न नआउने पाइएको र संस्था संचालनसम्बन्धि कागजपत्र नभेटिएकाले बालाजु स्वास्थ्य क्लिनिकलाई शिल गरेको आपूर्तिमन्त्री पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताए ।

अनुगमनमा अधिकांश मेडिकल तथा क्लिनिकले संस्था दर्ता नगरेको पाइएको आपूर्ति विभागले जनाएको छ ।

उनीहरुले औषधि वितरण र उपचार गर्ने स्वीकृति नलिएको, सरकारलाई कर नतिरेको भेटेपछि गंगबुस्थित आराधना हेल्थ केयर सेन्टर प्रा.लिलाई पनि शिल गरिदिएको छ ।

ग्राण्डी अस्पतालको गेटमा रहेको मेडिकलमा पनि शिल

चिकित्सकको प्रेस्क्रीप्सन विना बेच्न नमिल्ने लागु तथा दुर्व्यसनी सम्वन्धि औषधि राखिएको भेटिएपछि ग्राण्डी अस्पतालको गेटमा रहेको सुवजित फार्मेसीलाई पनि शिल गरेको छ ।

आपूर्ति मन्त्रालयले खटाएको अनुगमनले छापा मार्दा उक्त फार्मेसीमा त्यसरी जथाभावी बेच्न प्रतिवन्ध लगाएको औषधि भेटिएको हो । अनुगमन टोलीमा औषधि विभागसमेत सँगै खटेको छ ।

त्यस्ता औषधिको कारोबार गर्दा त्यसको खरिद बिक्रीको एकीन विवरण राख्नुपर्ने व्यवस्था छ । तर, त्यस्तो कुनै विवरण राखेको नभेटेपछि फार्मेसी सञ्चालकलाई थप कारबाही गर्ने गरी फार्मेसी सिल गरेको अनुगमन टोलीले बतायो ।

यस्तै सुवजित फार्मेसीको बोर्ड रहेको तर बिल काट्दा रन फार्मेसीको नाममा काट्ने गरेको भेटिएको छ ।

उपभोक्ताबाट उजुरी बढेपछि आपूर्ति मन्त्री गणेशमान पुनको निर्देशनमा विभागले तीन दिनदेखि बजार अनुगमन बढाएको छ । पहिलो दिन तरकारी बजारको अनुगमन गरेको विभागले दोस्रो दिन केही मिठाइ उत्पादनमा छापा मारेको थियो । छापा मार्दा आँगनको मिठाइ अखाद्य भन्दै शिल गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment