+

मेडिकल काउन्सिलको अनुगमन : क्लिनिक बन्द गरी सञ्चालक फरार

२०८३ भदौ  १ गते १७:१४ २०८३ भदौ १ गते १७:१४
मेडिकल काउन्सिलको अनुगमन : क्लिनिक बन्द गरी सञ्चालक फरार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको गौशाला बजारमा नेपाल मेडिकल काउन्सिलको टोलीले अनुगमन गर्न खोज्दा केही डेन्टल क्लिनिकका सञ्चालकहरू क्लिनिक बन्द गरी फरार भएका छन्।

१ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको टोलीले अनुगमन गर्न खोज्दा डेन्टल क्लिनिक बन्द गरेर सञ्चालकहरू फरार भएका छन् । महोत्तरीको गौशाला बजारमा रहेका क्लिनिकहरूको अनुगमन गर्न सोमबार काउन्सिल टोली पुगेको थियो ।

नेपाल डेन्टल एसोसिएसनका केन्दीय अध्यक्ष डा. अजय कुमार शाह, नेपाल डेन्टल एसोसिएसन महोत्तरी-सर्लाहीका अध्यक्ष डा. गंगाराम खर्गा र नेपाल डेन्टल एसोसिएसन घनुषाका महासचिव डा. सुमन कर्णसहितको टोली अनुगमन टोलीमा थियो ।

टोली सम्बन्धित डेन्टल क्लिनिकको निरीक्षण तथा आवश्यक कागजात र सेवा सञ्चालनसम्बन्धी विवरण जाँच गर्न गौशाला बजारमा पुगेको थियो । उनीहरू पुग्दा गौशाला बजारमा रहेका केही डेन्टल क्लिनिक बन्द अवस्थामा रहेको र सञ्चालक सम्पर्कविहीन भई फरार भएको अनुगमनमा गएका डा. अजय कुमार शाहले जानकारी दिए ।

डा‍. साहका अनुसार क्लिनिक सञ्चालनसम्बन्धी दर्ता, चिकित्सकको एनएमसी दर्ता, सेवा प्रदान गर्ने जनशक्तिको योग्यता तथा अन्य आवश्यक कानुनी कागजातबारे आवश्यक छानबिन भइरहेको छ।

अनुगमनका क्रममा क्लिनिक बन्द गरी सञ्चालक सम्पर्कमा नआएको विषयलाई समेत गम्भीरतापूर्वक लिइएको उनले बताए ।

आवश्यक प्रमाण तथा तथ्य संकलन गरी प्रचलित कानून तथा सम्बन्धित निकायको नियमअनुसार थप कारबाहीको प्रक्रिया अघि बढाइने जानकारी डा.साहले दिए ।

अनुगमन नेपाल मेडिकल काउन्सिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मेडिकल काउन्सिलको अनुगमन : क्लिनिक बन्द गरी सञ्चालक फरार

मेडिकल काउन्सिलको अनुगमन : क्लिनिक बन्द गरी सञ्चालक फरार

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

पूर्वाधार विकास मन्त्री लम्सालको पिसाबमा संक्रमण

नेपालमा ‘वयस्क जेई’ अलर्ट !

नेपालमा ‘वयस्क जेई’ अलर्ट !

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

यौन दुर्बलता : औषधिदेखि कृत्रिम उपकरणसम्म, नेपालमै छन् उपचारका विकल्प

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

जीवित अंगदान के हो ? जानौं अंग दिएपछि शरीरमा हुने परिवर्तन

पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय

पेट फुल्ने र भारी महसुस हुने समस्या भइरहन्छ ? छुटकारा पाउने ७ उपाय