Comments Add Comment

बायुसेवा निगमले एउटा जहाज बेच्ने

फाइल फोटो
फाइल फोटो

२६ असार, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल बायुसेवा निगमले एउटा बोइङ बेच्ने निर्णय गरेको छ ।

निगमका महाप्रवन्धक सुगतरत्न कांसाकारले निगमले अन्तराष्ट्रिय उडानको एक सय ९० सिट क्षमताको बोइङ ९५७ एसीए जहाज बिक्री गर्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार जहाज बिक्री गर्ने व्यवस्थापनको प्रस्तावलाई निगम सञ्चालक समितिले स्वीकृत दिइसकेको जानकारी दिए ।

बारम्बार समस्या आइरहेको र मर्मतमा भएको अधिक खर्च धान्ने नसक्ने निष्कर्ष निकाल्दै जहाजको बिक्री गर्ने निर्णय गरिएको हो ।

निगम व्यवस्थापनले इन्जि मर्मतका लागि सिंगापुर लगिएको यो जहाज अधिक खर्च गरेर मर्मत गर्नुको विकल्पमा बिक्री गर्नु नै ठीक हुने प्रस्ताव अगाडि सारेको आजको अन्नपूर्णमा समाचार छ ।

सोही प्रस्तावलाई सञ्चालक समितिले सैद्धान्तिक सहमति दिएको कंसाकारले जानकारी दिए । निगमको एउटा बोइङ जहाज बिक्री गर्ने सैद्धान्तिक निर्णयलाई आवशयक प्रक्रियामा लैजान भने बाँकी रहेको कंसाकारले भनाइ छ ।

निगमले करिब तीन दशकदेखि नियमित सञ्चालन गरिरहेको दुईवटा बोइङ मध्ये एउटा एसीबी भने नियमित उडानमै छ ।

एउटा बोइङ र दुईवटा एयरबस सञ्चालन गर्दे आगमी १८ महिनाभित्रमा नै अर्को दुईवटा वाइडवडी जहाज खरिदज गरिसक्ने योजनालाई प्राथमिकता दिएर निगमले एउटा बोइङ बिक्री गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment