+
+

सुशीला कार्की सुनुवाई समितिबाट अनुमोदित, प्रधानन्यायाधीश बन्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ असार २७ गते २:४०

sushila karki

२६ असार, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित सुशीला कार्कीलाई अनुमोदन गरेको छ । आइतबार बसेको समितिको बैठकमा कार्कीमाथि लागेका आरोपहरुमाथि छलफल गरेपछि सदस्यहरुले अनुमोदन गरेका हुन् ।

बैठकमा कामु प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचार लगायतका आरोपहरू अस्वीकार गरिन् । आफूलाई श्रीमान र भगवानसँग डर लाग्ने भन्दै उनले भ्रष्टाचार गरेको भए आफ्नो सम्वन्ध विच्छेद भइसक्ने तर्क गरिन् ।

सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले प्रस्तावित न्यायाधीश सपना मल्ल प्रधानको बचाउ गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?