Comments Add Comment

सपना मल्ल योग्य उम्मेदवार हो, जसअपजस म लिन्छुः कामु प्रधानन्यायाधीश कार्की

Sushila-Karki,-RSS
सुनुवाई समितिमा सुशीला कार्की । तस्वीर: रासस

२६ असार, काठमाडौं । सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा उपस्थित भएकी कामु प्रधानन्यायाधीश सुशीला कार्कीले प्रस्तावित न्यायाधीश सपना मल्ल प्रधानको बचाउ गरेकी छिन् ।

एमालेको कोटामा सांसद भइसकेकी मल्ललाई न्यायाधीशमा सिफारिस गरेपछि कांग्रेस सहितका दलले प्रश्न उठाएका थिए । सुनुवाईका क्रममा सांसदहरुले पनि यसबारे कार्कीलाई प्रश्न गरे ।

प्रधानलाई न्यायाधीश सिफारिस गर्ने न्याय परिषदको बैठकमा वरिष्ठ न्यायाधीशका रुपमा सहभागी कार्कीले न्यायाधीशका लागि सपना मल्ल प्रधान योग्य उम्मेदवार भएको दाबी गरिन् । ‘सपना एक सक्षम महिला हुन् । उनलाई न्यायाधीश बनाउँदा आउने जसअपजस लिन तयार छु’ उनले भनिन् ।

तर, अदालतमा राजनीति हुन नदिने दाबी गरिन् । उनले बिराटनगरमा रहँदा आफू नेपाल विद्यार्थी संघको अध्यक्ष भएको सुनाउँदै उनले भनिन्, न्यायाधीश भएपछि मैले राजनीति गरेँ त ?’

अदालतमा प्रवेश गर्नु अघि राजीतिको चप्पल फुकाल्नु पर्ने कामु प्रधानन्यायाधीश कार्कीले बताइन् ।

श्रीमान र भगवानसँग डराउँछु

कामु प्रधानन्यायाधीश कार्कीले भ्रष्टाचारको आरोप अस्वीकार गरिन् । आफूलाई श्रीमान र भगवानसँग डर लाग्ने भन्दै उनले भ्रष्टाचार गरेको भए आफ्नो सम्वन्ध विच्छेद भइसक्ने तर्क गरिन् ।

आफू संसदीय सुनुवाई समितिमा तेस्रो पटक उपस्थित भएको भन्दै उनले आफ्नोबारे कति पटक फैसला हुने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment