+
+
Shares

न्यायापालिकालाई थप समुन्नत र सबल बनाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते १५:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानन्यायाधीश मनोजकुमार शर्माले पूर्वप्रधानन्यायाधीशहरूका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई सबल बनाउन आफू प्रतिबद्ध रहेको बताए ।
  • उनले अदालती विवाद समाधानलाई अन्तिम विकल्पका रूपमा विकास गर्न बार एशोसिएसनको सक्रिय भूमिका आवश्यक रहेको औंल्याए ।
  • न्याय प्रशासनलाई छिटो, छरितो र निष्पक्ष बनाएर मात्र आम नागरिकको विश्वास आर्जन गर्न सकिने धारणा उनले व्यक्त गरे ।

२० जेठ, काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकालाई थप समुन्नत र सबल बनाउनेतर्फ आफ्नो प्रयन्त हुने बताएकी छन् ।

सवोच्च अदालत बार एशोसिएसनले बुधबार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानन्यायाधीश शर्माले यसअघिका प्रधानन्यायाधीशका कार्यकालमा अवलम्बन गरिएका असल अभ्यासलाई अनुसरण गर्दै न्यायपालिकालाई थप समुन्नत र सबल बनाउने आफ्नो प्रयन्त हुने बताएका हुन् ।

अदालतमार्फत गरिने विवाद समाधान पहिलो रोजाइ नभई अन्तिम विकल्पको रूपमा विकास गर्नु पर्ने आवश्यकता रहेको भन्दै उनले विवाद समाधानलाई व्यवहारमा प्रभावकारी बनाउन बारको सक्रिय भूमिका अपेक्षित रहेको बताए ।

संविधानको सर्वोच्चता, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता, न्यायिक निष्पक्षता तथा संस्थागत सुशासनप्रति अडिक रहने उनको भनाइ छ ।

प्रधानन्यायाधीश शर्माले संविधानले परिकल्पना गरेबमोजिम न्याय प्रशासनलाई छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र थप जनउत्तरदायी बनाउन सके आम नागरिकको विश्वास आर्जन गर्न सकिने धारणा राखे ।

उहाले न्यायिक सुधारका योजना कार्यान्वयन गर्ने कार्यमा प्रधानन्यायाधीशको नेतृत्वदायी भूमिका हुने भए पनि न्यायाधीश तथा कर्मचारीहरूको समन्वनात्मक सहकार्यबाट मात्रै न्यायालयको सुधार र सुदृढीकरण सम्भव हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?