गतबर्षको भदौमा इन्गेजमेन्ट गरेका नायक विनय श्रेष्ठले आज आफ्नी प्रेमिका एनी थापालाई दुलही बनाएर घर भित्राउँदैछन् । करिब ३ बर्ष लामो प्रेमलाई विनय र एनीले विहेमा परिणत गर्न लागेका हुन् ।
विनय र एनीले इन्गेजमेन्ट गरेपछि विभिन्न सार्वजनिक कार्यक्रममा एकसाथ पुग्ने गरेका थिए । ब्यूटी थेरापिस्टको पेशा अगाल्दै आएकी एनी र विनयको बिहेमा कलाकार र रंग पत्रकारलाई निम्तो गरिएको छ ।
काठमाण्डौको एक पार्टी प्यालेसमा अहिले यी दुइको बिहे चलिरहेको छ । चलचित्र ‘रेशम फिलिली’मा अभिनय गरेका विनय अफविटका चलचित्रमा बढी देखिने गरेका छन् । विनय र नायिका ऋचा शर्माविच लामो समयसम्म प्रेम चलेको थियो । ऋचासँग प्रेम टुटेपछि विनय एनीसँग नजिक भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4