+

फुटबलर नवयुग र क्रिकेटर सन्दीपलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार

२०७३ असार  २७ गते १५:३३ २०७३ असार २७ गते १५:३३
फुटबलर नवयुग र क्रिकेटर सन्दीपलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार

Nawayug-Shrestha-and-Sandip-Lamichane

२७ असार, काठमाडौं । नेपाली फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठ र क्रिकेट टोलीका स्टार सन्दीप लामिछाने राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन् । उनीहरुसहित १० खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्रालयले सम्मान गर्ने भएको हो ।

नेपालले भारतमा सम्पन्न १२औं सागमा फुटबलबाट स्वर्ण जित्दाका नायक नवयुग श्रेष्ठ तथा अण्डर नाईन्टिन विश्वकप क्रिकेट तथा विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नामिबियाबिरुद्ध उत्कृष्ट प्रदर्शन गरेका किशोर स्पिनर सन्दीप लामिछाने खेलकुद मन्त्रालयको छनौटमा परेका हुन् ।

उनीहरुसँगै १२औं साथमा उसुबाट स्वर्ण लिदाएकी निमाघर्तीमगर, जुडोकी फुपुहृलामु खत्रीपनि यस पुरस्कारबाट सम्मानित हुनेछिन् ।

पौडीकी गौरिका सिंह, एथ्लेटिक्सकी विपना परियार, तेक्वान्दोकी निशा रावल, पारा एथ्लेटिक्सका प्रशिक्षक कुमार पौडेल , कबकड्डी तथा खोखोका प्रशिक्षक रामनारायण रोय र नेपाल ट्रायथलन संघलाई पनि उनीहरुले गत बर्ष गरेको प्रदर्शन र सक्रियताको आधारमा राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिने खेलकुद मन्त्रालयले जानकारी दिएको छ ।

पुरस्कृत सबैले जनही १ लाख पाउनेछन् । उनीहरुलाई आगामी साउन २८ गते पुरस्कार हस्तान्तरण गरिने पनि मन्त्रालयले जानकारी दिएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय