Comments Add Comment

एउटै एप करोड रुपैयाँको

jta-krishi-prabidhik२८ असार, काठमाडौं । मुलुकमा एउटै एप बनाउन एक करोडभन्दा बढी लगानी हुन थालेको छ ।

नेपाल कृषि कम्पनीका लागि एफ १ सफ्ट कम्पनीसँग मिलेर बनाइरहेको एपको लागत एकदेखि डेढ करोड रुपैयाँ पर्नेछ ।
सामान्य एपको लागत २५ हजारबाट सुरु हुन्छ ।

यन्त्रीकरणमार्फत खेतीको लागत घटाउने र आधुनिक तौरतरिका प्रयोग गरी मोरङ/सुन्सरीमा जमिनको उत्पादनकत्व बढाउने खभियानमा लागेका बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले काठमाडौंमै बसेर कार्यक्रमको सुपरिवेक्षण हुनसक्ने एप बनाउन लागेका हुन् ।

मोरङ र सुनसरीमा ५० हजार विघामा आधुनिक प्रविधिको प्रयोग गरी धानवालीमा उत्पादकत्व बढाउन निर्माणधीन यो एपमार्फत खेतीको व्यवस्थापन गरिनेछ । यस एपको सहयोगमा खेतबारी जोत्न, व्यवस्थापन गर्न कन्ट्रोल गर्न र मेसिनको अवस्थाबारे जानकारी लिन एप प्रयोग हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment