Comments Add Comment

माओवादी मन्त्री पोका बाँध्दै

Shakti Basnet३० असार, काठमाडौं ।  नाैं महिना सरकारमा रहेर पार्टीको निर्देशानुसार मन्त्री पद छाड्नुपरेपछि पुल्चोकस्थित क्वाटरमा बस्दै आएका माओवादी मन्त्रीका सहयोगी बुधबार दिनभर व्यक्त भए । मन्त्रीक्वाटरबाट सरसामान सार्नुपर्ने भएपछि कोही पोखापन्तरा बनाउँंदै थिए भने कोही गाडीमा धमाधम सामान सार्दै थिए ।

पार्टीले फिर्ता बोलाएसँंगै मन्त्री पद खोसिएपछि माओवादीका कोही मन्त्री डेरा सरिसके भने अधिकांश सर्ने तयारी गर्दैछन् । नेकपा माओवादी केन्द्रबाट गत असोज २४ गते एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा एक उपप्रधानमन्त्री र सात जना मन्त्री बनेका थिए ।

बुधबार प्रधानमन्त्री ओलीसमक्ष सामुहिक राजिनामा बुझाएका माओवादी मन्त्रीलाई डरा सर्ने चटारो भएको अाजको अन्नपूर्णमा समाचार छ ।

गृहमन्त्री शक्तिबहादुर बस्नेत र वाणिज्य मन्त्री गणेशमान पुनले त मंगलबारै मन्त्रालयमा सबैलाई धन्यवाद दिएर बिदा भएका छन् । बस्नेतले बुधबार बिहानै पुल्चोकस्थित मन्त्री क्वाटरबाट पोकापन्तरा बाँधेर पुरानै डेर भैंसेपाटीमा सरे । वन मन्त्री अग्नीप्रसाद सापकोटाले बुधबार मन्त्री क्वाटर छाडेपनि उनी कौशलटारस्थित भतिजाको डेरामा बस्ने भएका छन् । उनको पुरानो डेरा तीनकुने सुविधानगरमा भोलीमात्रै सर्ने जानकारी उनका सहयोगी युवराज दुलालले दिए ।

उनले मन्त्री भएबापत सुविधा पाएको गाडी समेत फिर्ता गरिसकेका छन्। कृषीमन्त्री हरिबोल गजुरेलले भने बिहिबार मात्रै पुल्चोक क्वाटर छाड्ने तयारी गरेका छन् ।  उनका सहयोगी रमेश गुरागाईले पार्टीको आन्तरिक मिटिङ र नयाँं सरकारको तयारी छलफलका कारण मन्त्री व्यस्त भएकाले बुधबार सरसमानको पोका बाध्ने काम मात्रै भएको जानकारी दिए । गजुरेल कालोपुलमा बस्दै आएका थिए ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले पनि बिहीबार मात्रै पुल्चोक क्वाटर छाड्ने तयारीमा छन् । ‘आज पार्टीको कामले भ्याइएन, समानको ताँजोपाजो मिलाउने काम भइरहेको छ, मन्त्रीका सहयोगी जागृत रायमाझीले भने । पोखरेल पुरानो डेरा सिनामंगलमै सर्ने भएका छन् । सामान्य प्रशासन मन्त्री रेखा शर्मा बुधबार साँझ मन्त्रालयबाट विदाइ भइन् । पुल्चोकस्थित क्वाटर नजिकै डेरामा बस्दै आएकी शर्माले बिहिबार डेरा सर्ने भएकी छिन्।

क्वाटरमा भने सामान मिलाउने र पोकापन्तरा बाध्नमा उनका सहयोगी व्यस्त देखिन्थे । ‘सधैं मन्त्री भइने पनि होइन, अब को आउँछ को बस्छ ? सामान त सारिदिनै पर्यो, पुल्चोकस्थित क्वाटरमा यसरी नै सामानको चाँजोपाजो गर्नेमा भनाभन चलिरहेको थियो ।

सिंचाई मन्त्री उमेश यादवलाई भने तत्काल डेरा सर्न समस्या देखिएको छ । उनी पहिला बस्दै आएको कोटेश्वरस्थित घरका मालिकले घर बेचिदिएपछी नयाँ डेरा खोज्नुपर्ने अवस्था आएको उनका सहयोगी मातृकका भट्टराईले जानकारी दिए । उनले भने,‘पहिलाको घरबेटी घर बेचिदिएछन्, अब नयाँ डेरा खोज्नुपर्ने भयो, एक दुई दिन लाग्ने भयो ।’

आपूर्तिमन्त्री पुनको पनि पहिला बसेको डेरामा बहिनी बसेकाले उनले सरसमान उतै राख्ने भएका छन् । ‘सरसमान पोका बनाइएपनि पहिला बसेको डेरामा बहिनी बसेकाले अब अर्को नयाँ डेरा खोज्नुपर्ने भयो, बिहीबार सरिन्छ होला’, मन्त्रीका पिए अर्जुन पाठकले  भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment