+
+

ओलीले देउवालाई भने- सहमतिय सरकारको नेतृत्व गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७३ असार ३० गते ६:४९

sher-bahadur-Dauba-and-Kp-oli३० असार, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालको अध्यक्ष केपी ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादर देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समर्थन गर्न सकिने बताएका छन् ।

एमाले उच्च स्रोतका अनुसार देउवासँग ओलीले बुधबार फोन संबादमा भनेका छन् ,’देउवाजी तपाईलाई समर्थन गर्न सक्छु ।’

 देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गर्ने बचन दिइसकेकाले अहिलेलाई केही गर्न नसक्ने उत्तर दिएको आजको अन्नपूर्ण पोस्टले समाचार लेखेको छ ।

स्रोतका अनुसार देउवाले ‘ओलीले मंगलबार रातिसम्म त्यस्तो प्रस्ताव राख्नुपथ्र्यो, अब ढिलो भयो’ भनेका थिए ।

एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम लगायतका नेताले देउवालाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न आग्रह गर्न प्रस्ताव गर्न आग्रह गरेका थिए । र, ओलीले प्रस्ताव पनि गरे । तर देउवाले ढिला भएकोले मान्न नसक्ने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?