Comments Add Comment

सलमानमाथि लुलियाको यस्तो प्रतिवन्ध, मध्यरातसम्म बस्न पाउँदैनन् यूवती साथी

salman and luliya
केही समयदेखि प्रेममा रहेका बलिउड नायक सलमान खानलाई अब उनकी प्रेमिकाले विभिन्न कुरामा हस्तक्षेप गर्न थालेकी छिन् । सार्वजनिक रुपमै एकसाथ देखिएर प्रेमलाई घुमाउरो तरिकाले स्विकार गरेपछि सलमानकी प्रेमिका लुलिया वन्तुर उनीमाथि हावी देखिन थालेकी हुन् ।

सलमान र लुलियाले यो महिनाको डिसेम्बरमा बिहे गर्न लागेको चर्चा मिडियामा लामो समयदेखि चल्दै आएको छ । तर, यी दुबैले यस बिषयमा अफिसियल घोषणा भने गरेका छैनन् ।

सलमानको ग्यालेक्सी अपार्टमेन्टमा उनका महिला साथीहरु समय-समय आउने गरेका छन् । तर, अब लुलियाले मध्यरातसम्म ग्यालेक्सीमा बस्न प्रतिवन्ध लगाइदिएकी छिन् ।

विशेषगरि, नायिका डेजी शाहको आवतजावत लुलियालाई मन परेको थिएन । डेजी मध्यरातसम्म सलमानको अपार्टमेन्ट रहन थालेपछि लुलियाले यस बिषयमा प्रेमीसँग कुरा गरेकी थिइन् । डेजीले सलमानलाई लुलियासँग बिहे नगर्न सुझाव पनि दिएकी थिइन् । यसैले पनि होला डेजी ग्यालेक्सी आएको लुलियालाई मन परेको छैन । यस बिषयमा सलमानसँग उनले कुरा पनि गरेको भारतीय मिडियोको दाबी छ ।

डेजीदेखि सलमानकी पूर्व प्रेमिका संगीता विजलानी पनि ग्यालेक्सी आएको लुलियालाई रुचाएकी थिइनन् । अब भने, मध्यरातसम्म ग्यालेक्सीमा नबस्न सलमानका निकट साथीहरुलाई लुलियाकै आग्रहमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment