Comments Add Comment

अनुदान रकम बढाउन किसानहरुको माग

३१ असार, चितवन । चितवनका कृषकहरुले आफूहरुले पाउँदै आएको अनुदान रकम बढाउन माग गरेका छन् । कृषि व्यावसायलाई दीगो बनाउनका लागि अनुदान रकम बढाउनुपर्ने उनीहरुको माग छ ।

Farmer1चितवनका केरा किसान तथा केरा उत्पादक संघ चितवनका पूर्व अध्यक्ष यज्ञ प्रसाद सुवेदीले चितवनमा केरा खेतीको लागि अनुदान रकम बढाउनुपर्ने बताए । केरा खेतीको लागि चितवन पकड क्षेत्र बन्दै गएकाले केरा किसानलाई अुनदान प्रदान गर्दै उनीहरुलाई आकषिर्त गर्नुपर्ने सुवेदीले बताए ।

चितवनमा छ सय २० जना किसानले दुई हजार पाँच सय हेक्टर क्षेत्रफलमा केरा खेती गर्दै आएका छन् । जसमध्ये एक सय ९० जना किसानले मात्र विमा गरेका छन् । थप किसानहरुलाई बीमातर्फ आकर्षण गराउन समेत कृषि विकास कार्यालयले पहल गर्नुपर्ने सुवेदीको धारणा थयो ।

कार्यक्रममा किसान तुलसी प्रसाद वलीले साना किसानलाई समेत सम्बोधन हुने गरी कृषि कार्यालयले कार्यक्रम ल्याउनुपर्ने बताए ।

ईश्वरी प्रसाद खतिवडाले गड्यौलाको मल प्रभावकारी हुने भएकाले यसको बजारीकरणमा कृषि कार्यालयले ध्यान दिनुपर्ने बताए ।

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेले माडीमा थोपा सिंचाई कार्यक्रम ल्याउने, थोरै जग्गा हुने किसानलाई समेत तत्काल राहतका कार्यक्रम प्रदान गर्ने तथा माडीमा माछा विशेष कार्यक्रम सञ्चालन गर्ने बताए ।

कार्यक्रमका सभापति स्थानीय विकास अधिकार श्रवणकुमार पोखरेलले डिप ट्युबेल निर्माणमा जिविसले सहयोग गर्ने बताए । माडीका किसानको समस्या सम्बोधन गर्न जनप्रतिनिधिहरुसँग कुरा गर्ने पोखरेलको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment