३१ असार, काठमाडौं । तपाईंसँग भएको कुनै कम्पनीको ग्यास सिलिन्डर साट्न नमिलेर हैरान हुनुभएको छ ? कि तपाईं बस्ने क्षेत्रमा सजिलै नपाइने ग्यास सिलिन्डर नाकाबन्दीका बेलामा लिएर अहिले त्यतिकै थन्किएको छ ? त्यसो हो भने सिलिन्डर साट्नका लागि तयार हुनुस् । आइतबारदेखि उद्योगहरुले आफ्ना गोदामहरुमा ग्यास सिलिन्डर साट्दैछन् ।
साउन २ गतेदेखि ८ गतेसम्म विभिन्न ग्यास कम्पनीका गोदममा सिलिन्डर साट्ने सूची तय भएको छ । विशेषगरी नाकाबन्दीका बेलमा उपत्यकामा भित्रिएका ग्यास सिलिन्डरलाई काठमाडौंमै साट्ने व्यवस्था मिलाइएको एलपी ग्यास उद्योग संघले जनाएको छ । यसका लागि कम्पनीलाई कुनै अतिरिक्त शूल्क पनि तिर्नुपर्ने छैन ।
नाकाबन्दीको समयमा विभिन्न जिल्लाबाट उपत्यकामा भिएका ग्यास सिलिण्डर साट्न अहिले विभिन्न विक्रेताहरुले अरिरिक्त शुल्क लिने गरेका छन् । त्यसैले उपभोक्तालाई राहत दिनका लागि सिलिन्डर साट्ने व्यवस्था गरिएको संघले जनाएको छ ।
शक्ति, सहारा, मेची, त्रिशक्ती, कन्काई, रिजालको भान्छा, कामख्य, प्रिमा, कोशी, नोवेल जानकी, जगदम्वा, सुपर, लियो र अम्वर ब्राण्डका ग्यास सिलिन्डर साटिनेछ ।
यसैगरी राप्ती, भेरी, न्युभेरी, मनकामना, आदेश, रेडियन्ट, नेपाली, नारायणी, आरती, स्वस्तिक, वुटवल पनि साटिने भएको छ । संघले सिलिण्डर खाली मात्र लिईने बताएको छ । सिलिण्डरको सट्टापट्टा निःशुल्क गरिनेछ ।
कुन उद्योगले कहाँ साट्दै छन् ?
उद्योगको नाम | ठेगाना | सम्पर्क नं | सट्टापट्टा हुने ग्यासका व्राण्ड |
---|---|---|---|
एभरेष्ट ग्यास र सुगम ग्यास | वल्खु | ५६७०१९९ ४२७९२८८ | शक्ति, सहारा, मेची, क्रिशक्ति, कन्काई, रिजालको भान्छा, कामख्य, पि्रमा |
श्री राम ग्यास | ललितपुर, हरिसिद्धि | कोशी, नोवेल, जानकी | |
मनोज ग्यास | कलंकी | ४२७९३०८ ९८०१२०८८८३ | जगदम्वा, सुपर, लियो, अम्वर |
सगरमाथा ग्यास | पेप्सीकोला | ५१५६२७४ | राप्ती, भेरी, न्युभेरी मनकामना, आदेश, रेडियन्ट |
नेपाल ग्यास | वालाजु | ४३५०४१६ | नेपाली नारायणी |
लुम्विनी ग्यास | वाफल | ४६७०६५७ ९८५११७९७१० | आरती, स्वस्तिक, वुटवल |
प्रतिक्रिया 4