Comments Add Comment

बेलायत भ्रमणमा नेपाल क्रिकेट टोलीलाई तेस्रो जित

nepali_cricket१ साउन, काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले तेश्रो अभ्यास खेलमा पनि जित निकालेको छ ।

नेपाली राष्ट्रिय टोलीले स्थानिय क्रिकेट कन्फ्रेन्स क्लबलाई ४ विकेटले हराएको हो । जितका लागि पाएको २ सय २७ रनको लक्ष्य नेपालले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो  ।

नेपालका लागी कप्तान पारस खड्काले सर्वाधिक ६७ रनको योगदान दिए । ओपनर अनिल मण्डलले ४३, ज्ञानेन्ऽ मल्लले ३६, शरद भेशवाकरले १९, विनोद भण्डारीले ६ र सागर पुनले ४ रन बनाए । राजु रिजाल १७ र राजेश पुलामी १६ रनमा अविजित रहे ।

यसअघि आˆनो घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्रिकेट क्लबले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २६ रनको मध्यम योगफल तयार पारेको थियो ।

नेपालका सोमपाल कामी र संदिप लामिछानेले समान २/२ तथा करण केसी र पारस खड्काले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment