Comments Add Comment

उद्यमशीलताले फेरिएको बिमलाको जीवनशैली

Bimala basyal

२ साउन, काठमाडौं । मिहिनेत, लगनशीलता अनि दृढ संकल्प लिएर अगाडी बढेमा जस्तो सुकै क्षेत्रमा पनि सफलता प्राप्त गर्न सकिन्छ भन्ने भनाइलाई पाल्पा बरांदी -८ की बिमला बस्यालले चरितार्थ गरिदिएकी छिन् ।

बिमलाको श्रीमान् भारतमा राम्रो जागिर थियो । तर, पनि परिवारमा लाउन, खान सधैँको अभाव अनि परिवारको समस्याहरु पनि जस्ताको त्यस्तै भएपछि बिमलालाई स्थानीय क्षेत्रमा नै केही उद्यम गरेर स्वनिर्भर बन्ने रहर जाग्यो ।

त्यसैले उनले श्रीमानलाई आफ्नै स्थानीय समुदायमा नै केही गर्न प्रेरित गरिन् । उनको विचारलाई श्रीमान पशुपति बस्यालले पनि सहमति जनाए र भारतमा गर्दै आएको जागिर छोडिदिए ।  त्यसपछि हुँदा छदाँको राम्रो जागिर पनि छोडेको भनेर छर छिमेक तथा आफन्तहरुले उनीहरुलाई कसैले गाली गर्थे भने कसैले धेरै कुरा सुनाउथे ।

घरको आर्थिक अवस्था माथि उकास्नका लागि स्थानीय समुदायमा उद्यमी बन्ने फैसला गरेर करिब १३ वर्ष अगाडी बिमलाले रु १२ सयमा स्थानीय जातको गाई खरिद गरेर ब्यवसायीक रुपमा गाई पालन ब्यवसाय शुरु गरेकी हुन् । गाईसँगै १ घार माहुरीबाट माहुरी पालन र १० किलो ग्राम अदुवाबाट अदुवा खेती ब्यवसाय पनि शुरु गरिन् ।

जिवनमा केही न केही गरेर नै देखाउने दृढ संकल्प लिएकी बिमलाले दिनरात कडा मेहनत गर्न गर्थिन् । उनलाई श्रीमानको पनि पूर्ण रुपमा साथ र सहयोग थियो ।

जस्तो सुकै काम गर्न पनि लाज नमान्ने बिमलाले वर्षेनी क्रमशः आफ्नो ब्यवसायमा बृद्धि गर्दै अहिले गाई फार्म, ब्यवसायीक अदुवा खेती अनि माहुरी पालन ब्यवसाय गर्दै आइरहकी छिन् ।

हाल ५ रोपनी जग्गामा अदुवा खेती, २३८ घार माहुरी तथा ११ ओटा गाई रहेको छ । उनले पालेको गाई तथा माहुरीको घारको संख्या भने किनबेचका कारण समय समयमा परिवर्तन भइरहन्छन् ।

बिमलाले आफ्नो ब्यवसाय मार्फत वाषिर्क रु ५० लाख आम्दानी गर्ने गर्छिन । बिमलाको सक्रियतामा तथा उनकै कामको अनुशरण गर्दै अहिले बरांदी गाउँको १५० जना जति महिलाहरुले पनि ब्यवसायिक रुपामा कृषि पेशा अंगालेका छन् ।

बिमला आफ्नो कमाईंले आफ्ना चारै जना सन्तानहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्न पाएकोमा खुशी छिन् । सामान्य तरिकाले शुरु गरिएको ब्यवसाय अहिले जिल्ला भरि आफ्नै छुट्टै पहिचान बनाउन सफल भएको छ । उनको ब्यवसायको बारेमा जानकारी लिन तथा निरिक्षण गर्नका लागि टिकट लिनु पर्ने ब्यवस्था रहेको छ ।

आˆनो गाई पालन ब्यवसायबाट उतपादन गरिएको दुधको बिक्रि वितरणका लागि उनले तानसेन नगरपालिकामा हिमालय डेरी उद्योग पनि सञ्चालन गरेकी छिन् । सो उद्योगबाट ४ जना युवाहरुले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् ।

बिमला आˆनो ब्यवसायको बारेमा यसो भन्छिन्, “त्यसबेलाको अवस्था सम्झिदाँ अहिले पनि आँखा रसाउँछ । श्रीमानको जागिर भारतमा थियो, आम्दानी राम्रै भएता पनि परिवार संख्या ठूलो भएकोले श्रीमानको कमाईंले मात्र घर खर्च टार्न धेरै कठिन हुन्थ्यो । उद्यमी भएर स्वरोजगार हुने ईच्छाले यो ब्यवसाय शुरु गरे । श्रीमानले जागिर छोडेर मलाई साथ र सहयोग दिनु भएको थियो ।’

उनले अघि भनिन्, त्यसबेला एकातिर गरिबी थियो भने अर्को तिर आफन्त र गाउँलेहरुको लाञ्छना थियो ।राती सुत्दा पनि निन्द्रा लाग्दैन थियो । तर म मेरो मेहनत र दृढ विस्वासको कारणले आज म यो स्थान सम्म आइपुगेकी छु ।’

उनी भन्छन्, अहिले म सफल उद्यमी बनेकी छु । सानो बालकदेखि बृद्धसम्म सबैले मलाई चिन्छन् । श्रीमानको नामले चिनिनु परेको छैन ।’

कृषि तथा कृषिमा आधारित भएर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने शन्देश दिने उद्देश्यले दायित्व संस्थाले छ महिना अगाडी गुल्मी जिल्लामा आयोजना गरेकोदायित्व इन्टरप्राइज च्यालेञ्जमा ११२ जना उद्यमीहरु मध्येबाट उत्कृष्ट ५ उद्यमीको रुपमा छनौट भएर विभिन्न प्रमाण पत्रको साथमा नगद पनि प्राप्त गरेकी थिइन् ।

जिल्ला कृषि विकास कार्यलय तथा जिल्ला पशु कार्यलय पाल्पाबाट उनी स्थानीय तथा आसपासको गाविसहरुका किसानहरुलाई समय समयमा गाई पालन, अदुवा खेती तथा माहुरी पालन ब्यवसाय सम्बन्धी प्रशिक्षण समेत दिने गरेकी छिन् ।

भविष्यमा आफ्नो गाविसलाई नमुना गाविस बनाउन पहल गर्ने तथा आफू जस्तै अन्य युवाहरुलाई स्थानीय स्तरमा रोजगारी दिदैं आफूँ र आफ्नो ब्यवसायलाई देशभर परिचित गराउने चाहना छ ।

दायित्वको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment