+
+
Shares

‘ग्रेट ग्रान्ड मस्ती’ पूर्ण असफल, कलाकार पत्रकार सम्मेलनमै रोए

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ३ गते ११:०७

Vivek Oberoi, Riteish Deshmukh, Aftab Shivdasani, Urvashi Rautela at Great Grand Masti piracy press meet in Mumbai on 16th July 2016 shown to user

प्रदर्शन अगावै पाइरेसीमा फसेको बलिउड चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ पूर्ण रुपमा असफल भएको छ । प्रदर्शनको एक साता अगाडि नै यो चलचित्र इन्टरनेटमा आएको थियो । जसले गर्दा यसले बक्स अफिसमा कमजोर व्यापार गर्‍यो । यसको अघिल्ला २ सिक्वेलले राम्रो व्यापार गरेका थिए । ‘ग्रान्ड मस्ती’ले त भारतमा सय करोड माथिको व्यापार गरेको थियो ।

तर, यसको तेश्रो सिक्वेलले असफल व्यापार गरेपछि कलाकारदेखि निर्माता-निर्देशकमा नैराश्यता देखियो । मुम्बइमा आयोजना भएको पत्रकार सम्मेलनमा उपस्थित भएका कलाकारहरु रितेश देशमुख, विवेक ओवराय, आफताब शिवदासानी र नायिका उर्वशी रौतेलाले सरकारसँग पाइरेसी रोक्न माग गरे ।

मिडियासँगको कुराकानीका क्रममा चलचित्रका कलाकार भावुक देखिए । उनीहरुले आफ्नो आशु रोक्न सकेनन् । उनीहरुले सरकारसँग भावुक शैलीमा पाइरेसी रोक्न आग्रह गरे । नायिका उर्वशीले भनिन्-‘मैले यो चलचित्रका लागि जोडतोडका साथ मिहिनेत गरेकी थिएँ ।

पुरै टिम चलचित्रको रिलिज र प्रमोशनलाई लिएर उत्साहित थियो । तर, जब मानिसहरुले चलचित्र हलमा आउनु अगावै हेरिसकेको बताए, मैले के गरौ भन्ने नै सोच्न सकिनँ ।’ चलचित्रको पत्रकार सम्मेलनमा निर्मात्री एकता कपुर र निर्देशक इन्द्र कुमार पनि उपस्थित थिए । उनीहरुले दर्शकलाई पाइरेसी चलचित्र नहेर्न आग्रह गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?