Comments Add Comment

पत्रकार बचाउ अभियान सुरु

रासस

३ साउन, दाङ । नेपाल पत्रकार महासंघ दाङले पत्रकार अर्जुन महराको उपचारका लागि सहयोग गरिदिन भन्दै महरा बचाउ अभियान सुरु गरेको छ ।

Arjun-Mahara,-Journalistरेडियो मध्यपश्चिम घोराहीमा कार्यरत लमही नगरपालिका–११ रातोडाँडा निवासी पत्रकार महराको बोनम्यारोमा समस्या भएपछि अहिले निजामती अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनलाई रक्तमासीमा क्यान्सर देखिएको अस्पतालले जनाएको छ ।

विगत तीन वर्षदेखि पत्रकारितामा सक्रिय रहेका महराको घरको आर्थिक अवस्था निकै कमजोर र परिवारलाई एक्लै उपचार गर्न कठिनाइ भएकाले महासंघले यस्तो अभियान सुरु गरेको हो ।

यसैबीच महासंघले पत्रकार महराको उपचारका लागि रु १० हजार प्रदान गरेको छ । महासंघ दाङका कार्यबाहक अध्यक्ष लक्ष्मी आचार्यले पत्रकार महरा बचाउ अभियानमा सहयोग गर्न सबैसँग अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment