Comments Add Comment

युरोकप भविष्यवाणी बिजेतालाई हुण्डाईको पुरस्कार

hundai (3)
३ साउन, काठमाडौं । कोरियन हुण्डाई गाडीको नेपाली बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले युरोकप भविष्यवाणी प्रतियोगिताका बिजेताहरुलाई पुस्कृत गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रमबीच बिजेतालाई पुरस्कृत गरेको हो ।

प्रतियोगितामा सोयोग राणा, महेश रेग्मी, अभि गुप्ता ग्रान्ड बिजेता भएका छन् । उनीहरुले क्रमशः ४० इञ्चको सामसुङ एलइडी टिभी, ३२ इञ्चको सामसुङ एलइडी टिभी र सामसुङ जे ७ मोबाइल हात पारेका छन् ।

यसैगरी सर्वाधिक गोलकर्ताको भविष्यवाणी गरेर अशोक सापकोटा पृथ्वी, उत्कृष्ट खेलाडी भविष्यवाणी गर्ने अनिशा बटाजु र युरोकप २०१६ को बिजता भविष्यवाणी गर्ने आशिष मानन्धर टुर्नामेन्ट बिजेता भई सामसुङ जे ५ मोबाइल हात पारेका छन् ।

लक्ष्मी हुन्डाइले आफ्नो आधिकारिक वेभसाइटमा जेठ २४ गतेदेखि असार २६ गतेसम्म युरोकप भविष्यवाणी प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा करीव २५ हजार जनाको सहभागिता रहेको कम्पनीको दाबी छ ।

पुरस्कार वितरण कार्यक्रममा हेल्लो हुण्डाई ओनर्स कार्यक्रममा बिजयी भई युरोकप २०१६ को फाइनल हेर्न फन्स जाने अवसर पाएका अमित श्रेष्ठ र राजेन्द्र गुरुङले आफ्नो भ्रमण अनुभव सुनाएका थिए । hundai (2)hundai (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment