विकाशक्रमको हिसाबले बाँदर र मानिसलाई नजिकका प्राणी मानिन्छ र बाँदरको बुद्धि पनि मानिसकै हाराहारीमा हुने विश्वास गरिन्छ । यदि यो कुरालाई यथार्थमा देख्न चाहनुहुन्छ भने जापानको टोकियास्थित काबुकी रेष्टुरेन्टमा जानुपर्छ । जान सम्भव भएन भने पनि यो समाचार पढ्दा नै आश्यचर्यजनक तथ्य थाहा पाउनुहुनेछ ।
काबुकी रेष्टुरेन्ट यसकारण चर्चामा छ की त्यहाँ वेटरको काम बाँदरले गर्दछ । बाँदर वेटरले केवल मेनू देखाउने मात्र होइन खानाको अर्डर लिने र अर्डर बमोजिमको खानेकुरा ल्याएर टकार्नेसम्मको काम गर्दछ । बाँदरले पनि आम वेटरले जस्तै कपडा लगाउँछन् ।
मानिसहरु खानाको स्वादले भन्दा पनि वेटर बाँदर हेर्नको मज्जाले धेरै यो रेष्टुराँमा छिर्दछन् । रेष्टुराँका मालिकका अनुसार घरमा पालेको बाँदरले आफ्नो देखासिकी गरेर काम गर्न थालेपछि उनलाई बाँदरलाई वेटर बनाउने आइडिया फुुरेको रहेछ ।
येट चेन र फुकु चेन नामका बाँदर यो रेष्टुरेन्टमा सन् २००८ देखि काम गर्दै आएका छन् । रेष्टुरेन्टमा ग्राहक छिरेसँगै यी बाँदर सेवामा लागिहाल्छन् । एउटाले पाहुनाका लागि कुर्सी मिलाइदिन्छ भने अर्कोले हात पुछ्ने टावेल टकार्छ । अनि पाहुना कुर्सीमा बसेसँगै एउटा मेनू लिएर आउँछ र अर्डर लिन्छ । अर्कोले चाहीँ अर्डर बमोजिमको खानेकुरा ल्याएर टकार्दछ ।
जापानी कानून अनुसार जनावरलाई २ घण्टाभन्दा बढि काममा लगाउन पाइँदैन । त्यसैले रेष्टुरेन्टमा अहिले यी दुई बाहेक अरु बाँदर पनि राखिएको छ ।
प्रतिक्रिया 4