+

स्पेनिस सुपरकपको खेलतालिका फेरबदल

२०७३ साउन  ४ गते १२:५८ २०७३ साउन ४ गते १२:५८
स्पेनिस सुपरकपको खेलतालिका फेरबदल

Super-cup

काठमाडौं । स्पेनिस सुपर कपका खेलहरुको समय केहि परिवर्तन गरिएको छ । बार्सिलोना र सेभियाबीच हुने सुपरकपको पहिलो लेग आगामी साउन ३० गते र दोस्रो लेग भदौ १ गते हुने भएको छ ।

यसअघि साउन २८ र ३१ गते खेल खेलाउने तय भएको थियो । तर साउन २५ गते युरोपियन सुपर कपको उपाधिका लागि सेभियाले नर्वेमा हुने खेलमा रियल मडि्रडसँग प्रतिस्पर्धा गर्ने तालिका रहेकाले स्पेनिस सुपरकपको खेल केहि पर धकेलिएको हो ।

ला लिगा च्याम्पियन बार्सिलोना र कोपा डेल रेको उपबिजेता सेभियाबीच प्रतिस्पर्धा हुने छ । कोपा डेल रे को बिजेतापनि बार्सिलोना भएका कारण उपबिजेतासँग सुपरकपको उपाधिका लागि प्रतिस्पर्धा गराइन लागेको हो ।

साउन ३० गते हुने पहिलो लेग सेभियाको घरेलु मैदान स्डेडियो रोमन सान्चेस पिजुवानमा हुनेछ । त्यसको तीन दिनपछि बार्साको घरेलु मैदान नाउ क्याम्पमा दोस्रो लेग हुनेछ । दुवै लिगको अमग्र नतिजाका आधारमा बिजेता घोषणा गरिनेछ ।

स्पेनिस सुपरकप दोस्रो लेगको खेलको ४ दिनपछिमात्रै ला लिगा सुरु हुनेछ । स्पोनियल र रियल बेटिसबीचको खेलसँगै आगामी भदौ ४ देखि ला लिगा सुरु हुँदैछ ।

बार्सिलोना सेभिया स्पेनिस सुपर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय