+

पाकबिरुद्धको दोस्रो टेष्टका लागि एण्डसन, स्टोक्स र रशिद इंग्लिस टिममा समावेश

२०७३ साउन  ४ गते १७:४७ २०७३ साउन ४ गते १७:४७
पाकबिरुद्धको दोस्रो टेष्टका लागि एण्डसन, स्टोक्स र रशिद इंग्लिस टिममा समावेश

English-Cricket

काठमाडौं । ओर्ल्ड ट्राफोटमा हुने पाकिस्तानबिरुद्धको दोस्रो टेष्टका लागि जेम्स एण्डरसन, बेन स्टोक्स र अदिल रशिदलाई १४ सदस्सीय इंग्लिस क्रिकेट टिममा समाबेश गरिएको छ ।

एण्डरसन र स्टोक्स चोटमुक्त हुँदै टोलीमा फर्किएका हुन् । उनीहरु काउन्ट्री च्याम्पियनसीपको एक अर्काबिरुद्ध खेलेपनि टिममा बोलाइएका हुन् । तर रशिदको बारेमा भने सबैलाई चकित पार्दै यी लेगस्पिनरले इंग्लिस टोलीमा स्थान बनाएका हुन् ।

रशिदको आगमनपछि इंग्ल्याण्डले दुई स्पिनर खेलाउने वा मोइन अलीलाई आराम दिनेमध्ये १ निर्णय गर्नेछ । अलीले पहिलो टेष्ट लर्ड्समा कमजोर प्रदर्शन गरेपछि आलोचित भएका थिए । यो बर्ष उनले बलिङ औषत ९२ छ । यता रशिदको भने काउन्ट्री च्याम्पियनसीपमा ३५.३० को औषतमा २० विकेट र ३७.४४ को औषतमा ३३७ रन बनाएका छन् ।

रशिदले इंग्लिस टोलीबाट अहिलेसम्म खेलेका तीनवटै खेल पाकिस्तानबिरुछ छन् । युएईमा गतबर्ष भएको उनको डेब्यू खेलमा पहिलो इनिङ १६३ रन खर्चेर कुनै विकेट लिन नसकेपनि दोस्रो इनिङमा ६४ रन दिएर ५ विकेट लिएपछि उनी चम्किएका थिए । उनकै प्रदर्शनको सहयोगमा इंग्ल्याण्डले त्यस टेष्ट जितेको थियो । तर त्यसपछिको दुई टेष्टमा खराव प्रदर्शन गरेका उनले ६९.५० को औषतमा त्यस सिरिज टुङ्ग्याएका थिए ।

यता पाखुराको चोटबाट मुक्त भएर काउन्ट्री च्याम्पियनसीपमा आएका एण्डरसनले डरहृयामबिरुद्ध २२ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिएका थिए । उनी चोटका कारण पहिलो टेष्टबाट बाहिरिएका थिए । इंग्लिस छनौटकर्ताले एण्डरसनको मेडिकल टिमसँग बसेर छलफल गरेपछि उनलाई टोलीमा फिर्दा बोलाएका हुन् ।

यता गत मे मा भएको श्रीलंकाबिरुद्धको पहिलो टेष्टमा घुँडाको चोट लागेका दुई महिनादेखि नदेखिएका स्टोक्सले पनि ओल्ड ट्राफोटमा इंग्ल्याण्डका लागि खेल्नेछन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय