Comments Add Comment

पाल्पाली समाज युएई क्षेत्रीय समिति फुजेराको प्रथम वार्षिक भेला

palpali-samaj
फुजेरा । पाल्पाली समाज युएई क्षेत्रीय समिति फुजेराहको प्रथम वाषिर्क भेला विविध कार्यक्रमका साथ भएको छ । क्षेत्रीय समिति अध्यक्ष इन्ऽबहादुर घर्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रीय महासचिव वेदप्रसाद अर्याल थिए ।

कार्यक्रममा वाषिर्क प्रतिवेदन सहसचिव खुमबहादुर सूर्यवंशी तथा आर्थिक प्रतिवेदन सहकोषाध्यक्ष रिखुराम सूर्यवंशीले प्रस्तुत गरेका थिए । प्रचण्ड गर्मी अनि आआफ्नो कार्य व्यस्तताका बाबजुद निकै उत्साहका पाल्पाली तथा अन्य जिल्लाका नेपाली दाजुभाइको उल्लेख्य उपस्थिति रहेको थियो ।

विशिष्ट अतिथि,अतिथिहरुले आआफ्नो मन्तव्यका क्रममा समाजले अहिलेसम्म गरेका कार्यक्रमहरु र भावी कार्ययोजनाका बारेमा जानकारी गराइएको थियो ।

अमित बिकले सञ्चालन गरेको कार्यक्रममा विशिष्ट अतिथि वीरेन्द्र खड्का र अतिथिहरु सेर सुनार, विमल विश्वकर्मा, कृष्ण गिरी, पदम कार्कीको उपस्थिति थियो । कार्यक्रममा शारदाप्रसाद भुसालले स्वागत मन्तव्य प्रकट गरेका थिए ।

कार्यक्रमको अन्त्यमा फुजेराहका अध्यक्ष घर्तीले सम्पूर्ण उपस्थित महानुभाव अनि समाजलाई माया गरी निरन्तर सहयोग गर्नु हुने सम्पूर्ण धन्यवाद प्रकट गरेका थिए ।

वाषिर्कोत्सव कार्यक्रममा क्षेत्रीय समिति फुजेराले निरन्तर आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जाहेर गर्दै छोटो समयमा पनि पाल्पाली समाज युएईले निकै उदाहरणीय कार्यहरु गर्न सफल भएको र यो सफलता सबैको एकताले यो सम्भब भएको भन्दै सम्पूर्ण सहयोगी हातहरुलाई विशेष धन्यबाद दिएका थिए ।

एक्काइसौं शताब्दीको आवश्यकता, सीप र ज्ञान, युएईको माटो सुहाउँदो पाल्पालीको अभियानको नारा लिएर युएईमा गत वर्ष पाल्पालीहरु एकत्रित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment