+

मोउरिन्होले छाने तीन महान फुटबलर, रोनाल्डो होइन मेस्सीको नाम लिए

२०७३ साउन  ५ गते १३:५९ २०७३ साउन ५ गते १३:५९
मोउरिन्होले छाने तीन महान फुटबलर, रोनाल्डो होइन मेस्सीको नाम लिए

Jose-Mourinho

५ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले सर्वकालीन तीन महान फुटबल खेलाडीको नाम लिएका छन् ।

तर, उनले यो सूचीमा आफ्नै देशका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो पारेनन् ।

उनले लिओनल मेस्सीलाई पेले र म्याराडोनासँगै सर्वकालीन तीन महान फुटबलको सूचीमा राखेका छन् । माउरिन्होले रोनाल्डोको सट्टा मेस्सीको नाम लिनुमा उनको मन परिर्वतनको रुपमा लिइएको छ ।

तीन वर्ष रियल मड्रिडमा सँगै रहेका माउरिन्होले यसअघि रोनाल्डोलाई नै विश्वको उत्कृष्ट फुटबलर भन्दै आएका थिए । अहिले रोनाल्डोले हालै मात्र पोर्चुगललाई युरो कपको उपाधि समेत दिलाएका छन् ।

तर, माउरिन्होले भने रोनाल्डोको सट्टा मेस्सीलाई सर्वकालीन महान फुटबलर भनेका छन् ।

लियोनल मेस्सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय