+
+
Shares

गच्छदारको पार्टी ओली सरकारबाट हट्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन ६ गते ६:५५

Bijaya-Gachchhadar६ साउन, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट हटने निर्णय गरेको छ ।

पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाएको आजको कारोबार दैनिकमा समाचार छ ।

पार्टी स्रोतका अनुसार औपचारिक रूपमा पार्टीले तीन ठूला दललाई देशलाई मुठभेडबाट जोगाउन आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरिएको छ । कार्यसम्पादन समितिका सदस्य र काठमाडौंमा उपस्थित सांसदहरूको उपस्थितिमा यो निर्णय गरिएको छ ।

बिहीबार बस्ने संसद्को बैठकको अवस्थालाई अवलोकन गरी पार्टीले वर्तमान राजनीतिक परिस्थितिबारे लिइएको निर्णय सार्वजनिक गरिने ती नेताले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?