Comments Add Comment

बालबालिकाहरुको सहयोगार्थ यूरोपमा शिव परियार साँझ हुदैँ

shiva with hetaudali childrenबार्सिलोना । चर्चित गायक शिव परियारको बार्सिलोनामा एकल साँझ हुने भएको छ। बौद्दिक अपांगता भएका वा मानसिक पक्षघात भएका बालबालिकाहरुको सहयोगार्थ गायक परियारको एकल साँझ हुन लागेको हो।

फेमिलिया दे हेटौडाले आगामी जुलाई २४ तारिख बार्सिलोनामा कार्यक्रम गर्दै छ। स्पेनिस चेली आईना बार्काले हेटौडामा संचालन गरेको एक शैक्षिक परियोजनाको सहयोगार्थ साँगितिक कार्यक्रम हुन लागेको हो।

गायक परियारले बौद्दिक अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ कार्यक्रम गर्न पाउँदा आँफू निकै उत्साहित भएको बताएका छन्। उनले भने,” विदेशमा थुप्रै कार्यक्रमहरु गरे तर विदेशबाट एउटी स्पेनिस चेलीले हाम्रै देशमा पुगेर बालबालिकाहरु सघाईरहेको देख्दा मेरो मन छोएको थियो। उनलाई हौसला दिन नै बार्सिलोनामा कार्यक्रम गर्न मन लागेको हो।”

गायक परियारले बौद्दिक अपांगता भएका बालबालिकाहरुको सहयोगार्थ रकम संकलन हुने हुँदा कार्यक्रममा आएर साथ दिन स्पेन स्थित नेपाली समुदायलाई अनुरोध गरेका छन्। हेटौडाली परिबार नामक गैर सरकारी सँस्थाकी संस्थापक समेत रहेकी आईनाले आँफूलाई नेपाली समुदायको ठुलो साथ रहने बिश्वास ब्यक्त गरेकी छन्।

कार्यक्रममा नेपाली पाठशाला स्पेनका बालबालिकाहरुले बिशेष प्रस्तुति राख्दै छन्। बाँकी समय गायक परियारले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गर्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment