Comments Add Comment

विराज भन्छन्-‘म गएपछि धेरै नायक आए, तर स्टार हुन सजिलो छैन’

Parshuram (3)

नायकद्धय विराज भट्ट र निखिल उप्रेती ५ बर्ष अगाडि एकैपटक चलचित्र क्षेत्रबाट टाढा भएपछि यहाँ स्टारडमको भ्याकुम बन्यो । विराज र निखिलले बनाएको स्टारडमको क्रेजलाई बचाउन अरुले सकेनन् । केही कलाकार बिषयवस्तुका कारण चलेपनि धेरैका नाममा निर्माता डुबे ।

पछिल्लो बर्षमा भने नायक अनमोल केसीले स्टारडम बनाइरहेका छन् । नायक विराज भट्टले चलचित्र ‘जय परशुराम’को पत्रकार सम्मेलनमा अब आफू नेपाली चलचित्रमा निरन्तर रहने बताए । यदि तपाई भोजपुरी चलचित्र नगरीमा नगएको भए के मिस हुन्थ्यो भन्ने पत्रकारको प्रश्नमा उनले भने-‘यही नै भएको भए भोजपुरीका ५०-७० वटा चलचित्र मिस हुन्थ्यो होला ।’

उनले त्यो समयमा आफू गएर ठिक पनि गरेको बताए । उनले भने-‘मेरो ४०-४५ वटा चलचित्र चल्न नै बाँकी थियो ।’ उनले आफ्ना भोजपुरी चलचित्रलाई नेपाली भाषामा डब गरेर प्रदर्शन गरेको देख्दा आफूलाई दुख लागेको पनि सुनाए ।

तपाई भोजपुरीमा गएपछि नेपालमा स्टारडमको भ्याकुम देखियो नी होइन भन्ने प्रश्नमा उनले भने-‘म जाँदा अरुले अवसर पाएका थिए । उनीहरु यो क्षेत्रमा जम्न सकेनन्, त्यो अर्को कुरा भयो । जती कलाकार आएपनि उनीहरुले राम्रो गर्न सकेनन् जस्तो लाग्छ ।’

विराजले स्टार बन्न त्यती सजिलो छैन भन्ने सबैले वुझेको पनि बताए । उनले फिल्म पाएर मात्र खेल्नु र स्टार बन्नु फरक कुरा भएको बताए । नेपाली चलचित्रमा एक्सनमा राज गरेका विराज र निखिलले यो क्षेत्रबाट दुरी बनाएपछि नेपाली चलचित्रमा स्टारडमको अभाव देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment