Comments Add Comment

अनमोल निर्माता रहेको ‘म त तिम्रै हुँ’ रिलिज, सोलो प्रदर्शनको फाइदा उठाउला ?

susmita and aakash
नेपाली चलचित्र सोलो रिलिज हुनु भनेको दुर्लभ कुरा जस्तै हो । तर, कुनै चलचित्रले भने सोलो रिलिजको अवसर पनि पाउँछन् । आजबाट चलचित्र ‘म त तिम्रै हुँ’ रिलिज भएको छ, जसले देशभरका करिब ७५ वटा पर्दा पाएको छ । नेपाली चलचित्रका लागि यो रिलिज ठूलो हो ।

नायक अनमोल केसीको प्रस्तुतीमा बनेको यो चलचित्रलाई सुस्मिता केसीले निर्माण गरेकी हुन् । प्लस टू जेनेरेशनको कथामा बनेको यो चलचित्रमा नयाँ प्रस्तुतीको रुपमा आकाश श्रेष्ठ र ज्योत्सना योगी मुख्य भूमिकामा छन् ।

चलचित्रमा जीवन भट्टराई, सुशिल काफ्ले लगायतका कलाकारको पनि मुख्य भूमिका छ । श्रीराम महत्तले निर्देशन गरेको यो चलचित्रबाट अनमोल निर्माताको रुपमा पनि सफल हुन्छन् या हुँदैनन्, स्पष्ट हुनेछ । अनमोल नायकको रुपमा पनि सुपरस्टार भैसकेका छन् ।
रजनीकान्तको चलचित्र ‘कबाली’सँग यसले मल्टिप्लेक्समा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment