+
+

धुर्मुस-सुन्तली फाउन्डेसनलाई साउदी अरबबाट सहयोग

अञ्जन पोखरेल अञ्जन पोखरेल
२०७३ साउन ७ गते १६:०३

Nepali-Club-Saudi-arab

साउदी अरब । धुर्मुस-सुन्तली फाउन्डेशनले शुरुवात गरेको ‘गिरानचौर एकीकृत वस्ती निर्माण’ परियोजनामा ऐक्यबद्धता जनाउँदै साउदी अरवको जेद्दा क्षेत्रमा रहेका नेपालीहरुले १ लाख ८० हजारभन्दा बढी सहयोग गरेका छन् ।

नेपाली यूवा क्लब जेद्दाले त्यहाँ रहेका नेपालीहरूबाट संकलन गरेको १ लाख ८० हजार ७ सय ६५ रूपैयाँ फाउन्डेसनकी कोषाध्यक्ष समेत रहेकी श्रीमती कुन्जना घिमिरे (सुन्तली)को बैंक खातामा ट्रान्सफर गरिएको र फउण्डेसनले आफुले रकम पाएको जानकारीसमेत दिएको क्लबका सल्लाहकार नरकुमार मगरले जानकारी दिए ।

फाउन्डेसनले बिज्ञप्ति प्रकाशित गर्दै सहयोगदाताहरूलाई धन्यवाद व्यक्त गरेको छ ।

गत बर्ष नेपालमा गएको बिनासकारी भुकम्प पश्चात साउदी अरबको पश्चिमी क्षेत्रमा रहेका नेपाली समुदायले २४ लाख रुपैयाँ राहत संकलन गरी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्दा पनि नेपाली यूवा क्लवको सक्रिय सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?