Comments Add Comment

प्रधानमन्त्रीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेश, तीन दिन छलफल हुने

KP-Oli-PM

७ साउन, काठमाडौं । व्यवस्थापिका संसदमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । प्रस्तावमाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलिबाट तीन दिन समय तोकेकी छन् ।

त्यसपछि बजेटसँग सम्वन्धित आश्रति विधेयक पहिला कि अविश्वासको प्रस्ताव भन्ने विवाद अन्त्य भएको थियो । दलहरुको सहमति अनुसार सुरुमा बजेटसम्वन्धी तीन विधेयक संसदमा प्रस्तुत भयो । तर, माओवादीले विपक्षमा मतदान गरेपछि बजेट आश्रित तीन विधेयक बहुमतले अस्वीकृत भएको छ ।

लगतै संसदमा अविश्वासको प्रस्ताव पेश भयो । माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीविरुद्ध प्रस्ताव पेश गरे । उनले प्रधानमन्त्रीले माओवादीले उपयोग मात्र गरेकाले समर्थन फिर्ता लिनुको परेको दाबी गरेका छन् ।

लगतै प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रस्तावको समर्थनमा कांग्रेस नेता विमलेन्द्र निधिले बोले । त्यसपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको बोलेका छन् । उनले प्रधानमन्त्री ओलीको बचाउ गर्दै नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको त होइन भन्ने प्रश्न गरेका छन् ।

ससद बैठक भोलि विहान ११ बजेसम्मका लागि स्थगित भएको छ । भोलिको बैठकमा पनि प्रस्तावमाथि छलफल हुनेछ । यदि कुनै छलफलको अन्त्यमा प्रधानन्त्री ओलीले जवाफ दिने छन् र प्रस्तावमापथि मतदान हुनेछ ।

यदि कुनै ठूलै उपलपुथल भएन भने संसदले ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले पास गर्ने पक्का छ । कांग्रेस नेता निधिले दाबी गरे अनुसार प्रस्तावको पक्षमा ३४१ मत पुगिसकेको छ ।

कांग्रेसका २०६ सांसद छन् भने माओवादीका ८२ छन् । मधेसी मोर्चाले पनि प्रस्तावको पक्षमा मत दिने बताएको छ । नेकपा संयुक्तसहितका साना दलहरुले पनि अविश्वासको प्रस्तावलाई समर्थन गर्ने प्रस्तुतकर्ता दलहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment