Comments Add Comment

योगेश भट्टराई भन्छन्-प्रचण्ड-देउवा गठबन्धन जगबिनाको गजुर

'ओलीले राष्ट्रिय स्वाधीनता र आर्थिक सम्वृद्धिको आधार दिएका छन्'

yogesh bhattarai (1)

८ साउन, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रचण्ड र शेरबहादुर देउवाको गठबन्धनलाई जगबिनाको गजुरको संज्ञा दिएका छन् । उनले प्रचण्डलाई उपहारमा प्राप्त भएको प्रधानमन्त्री पद केही दिनको रामछायाँमात्र हुने बताए ।

एमाले सञ्चार इलाका कमिटीको विस्तारित भेलालाई सम्बोधन गर्दै प्रचार विभाग प्रमुखसमेत रहेका युवा नेता भट्टराईले भने-उपहारमा पाएको प्रधानमन्त्री पदमा मख्ख नपरे हुन्छ, आफ्नो बुँताले पाएको चीजको मात्र माया हुन्छ ।

संसदमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले ओली सरकारप्रति कटाक्ष गरे लगत्तै आन्तरिक भेलामा बोलेका नेपाल पक्षीय पदाधिकारी भट्टराईले भने ओली सरकारको प्रतिरक्षा गरे ।

भट्टराईले भने- यो सरकारले मुलुकको आर्थिक सम्बृद्धि,राष्ट्रिय स्वाधीनता, छिमेकीसँग बढाएको सन्तुलित सम्बन्धको आधारलाई कसैले कमजोर पार्न खोज्यो भने त्यो सिद्धिन्छ । आउने सरकारले यो सरकारले अघि बढाएका राष्ट्रिय हितका कामलाई कसरी अघि बढाउँछ हामी हेर्छौं ।

भट्टराईले एमाले प्रतिपक्षको च्याम्पियन हो भन्दै अविश्वास प्रस्ताब पारित भएमा प्रतिपक्षमा बसेर राष्ट्रिय स्वाधीनताको पक्षमा लड्ने बताए । उनले भने-एमाले राजनीतिक कुरा गर्छ, मुद्दा मामिला गर्दैन । नयाँ सरकार गठनका सन्दर्भमा संवैधानिक अस्पष्टता छन् भने त्यसको निराकरण संसद र राष्ट्रपतिबाट होला, हामी अदालत जादैनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment