Comments Add Comment

सबैको भावना बुझेर आफ्नो भूमिका निर्वाह गर्छुः राष्ट्रपति

राष्ट्रपति भण्डारी र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता

biddya_prachanda९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

नयाँ सरकार गठनको तयारी भइरहेका बेला राजनीतिक परामर्श सुरु गरेकी राष्ट्रपति भण्डारीले आइतबार विहान प्रचण्डलाई भेटेकी हुन् ।

शीतल निवासमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र संविधानको कार्यान्वयनबारे छलफल भएको छ । राष्ट्रपति भण्डारीले दलहरु सहमतिकै आधारमा अघि बढ्नु पर्नेमा जोड दिएकी छन् ।

भेटमा संसदमा छलफलमा रहेको अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनबारे पनि छnmल भएको छ । आफूले विगतको परम्परालाई समेत ध्यानमा राखेर सहज ढंगले सरकार गठनको प्रक्रिया अघि बढाउनु पर्नेमा जोड दिएको माओवादी अध्यक्ष प्रचण्डले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले आइतबारै कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेकी छन् । भेटहरुमा राष्ट्रपति भण्डारीले सरकार गठनमा विवाद झिकिएकामा असन्तुष्टि जनाउँदै सबै दलको भावना बुझेर आफ्नो भूमिका निर्वाह गर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment