Comments Add Comment

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

Bidhya-Bhandari

१० साउन, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्न सक्ने गरी यो आदेश जारी भएको हो ।

सविधानको धारा २९८ अनुसार गठन भएको प्रधानमन्त्रीले राजीनामा दिएको तर, अर्को प्रधानमन्त्री निर्वाचित हुने प्रष्ट व्यवस्था नरहेका भन्दै मन्त्रिपरिषद्को आइतबारको बैठकले बाधा अड्का आदेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राजीनामा दिएका थिए । अब नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment