Comments Add Comment

कल्याणकारी कोषका लागि नेपाली समाजको युएईमा अन्तरक्रिया

nepali-samaj-uae
दुबई । नेपाली समाज युएईले आफ्नो २६ औं वाषिर्कोउत्सव विविध साँस्कृतिक कार्यक्रम गर्दै त्यसबाट एक कल्याणकारी कोष स्थापना गर्ने जनाएको छ । नेपाली कल्याणकारी कोष-२०१६ स्थापनापछि युएईमा नेपालीहरुलाई परेका सामान्यदेखि जटिल समस्याका लागि समाजमा आबद्ध सबै संघसंस्थाले मिले सामुहिक रुपमा पहल गर्ने बुझिएको छ ।

उक्त कार्यलाई कसरी व्यवस्थित गर्ने, कोषको परिचालन कसरी गर्ने, कोषमा कसरी रकम संकलन गर्ने विषयमा समाजको अगुवाईमा एक अन्तक्रिर्या कार्यक्रम तथा सुझाव संकलन बैठक सम्पन्न भएको छ ।

२२ जुलाई शुक्रबार बर दुबईको एक रेस्टुरेन्टमा सम्पन्न बैठकमा उक्त कोषको परिचालनबारे गहन छलफल भएको समाजका अध्यक्ष चन्द्रप्रसाद सापकोटाले जानकारी दिए । कोषको स्थापनाको लागि नेपाली समाजले आगामी अगस्ट ५ मा आयोजना गर्न गइरहेको विविध सांस्कृतिक कार्यक्रमको सफलताको लागि युएईमा क्रियाशील सबै सामाजिक संघसंस्थाहरुसँग छलफल चलिरहेको पनि अध्यक्ष सापकोटाले बताए ।

सोही कार्यक्रमबाट संकलन हुने रकमबाट स्थापना गर्न गइरहेको नेपाली कल्याणकारी कोष २०१६ का बारेमा विभिन्न समाजका पदाधिकारीहरुबीच अन्र्तक्रिया तथा छलफल भएको थियो । बैठकमा बोल्दै वक्ताहरुले नेपाली समाजको उक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्दता प्रकट गरेका थिए । कार्यक्रम तयारी र कार्यक्रममा गर्नुपर्ने सुधारहरुको लागि सुझाव दिएका थिए ।

नेपाली समाजका महासचिव मणि भुर्तेलले नेपाली समाजको २६ औं वाषिर्कोत्सव कार्यक्रम र कल्याणकारी कोषको बारेमा जानकारी दिएका थिए । उनले कार्यक्रममा बाषिर्क उत्सवसँगै युएईमा क्रियाशील अधिकांश नेपाली कलाकारहरुले गीत, नृत्य तथा अन्य प्रस्तुतिहरुले दर्शकहरुलाई मनोरन्जन दिने दाबी गरेका छन् ।

उक्त कार्यक्रममा मगर संघको सहकार्यमा पञ्चेबाजा र जनजाति महासंघको सहकार्यमा विभिन्न झाँकीहरु प्रस्तुत हुने बताइएको छ । साथै कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि नेपाली समाजमा आवद्ध संस्थाहरु, पत्रकार महासंघ लगायत अन्य संस्थाहरु समेटेर कार्यक्रम मूल आयोजक समिति बनाइएको छ । कार्यक्रमको साँस्कृतिक पक्षका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) र नेपाली कलाकार समूह -नाग)का पदाधिकारीहरुले संयोजन गर्ने बताइएको छ ।

अलकुजको डुलेस्को हलमा आयोजनागर्न लागिएका उक्त वाषिर्कोत्सवमा करिब १ हजार ५ सय नेपालीहरुको उपस्थिति हुने समाजका उपाध्यक्ष दिपा पाण्डेको प्रक्षेपण रहेको छ । अन्तक्रिर्या कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै समाजका अध्यक्ष सापकोटाले कार्यक्रम सफल बनाउन सुझाव दिने विभिन्न समाजका पदाधिकारी तथा प्रतिनिधिहरुलाई धन्यवाद दिँदै नेपाल समाज, युएईले थालेको यो कल्याणकारी अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरेका छन् ।

अध्यक्ष सापकोटाले युएईमा रहेका नेपालीहरुलाई जात, धर्म, पार्टी, पेसा, क्षेत्र, जिल्ला वा वर्गमा विभाजित नभई सबैभन्दा पहिला नेपाली हुँ भन्ने भावनाको विकास गर्न पनि आहृवान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment