Comments Add Comment

जापानमा नेपाल डे फेस्टिभलको तयारी पूरा

जापान । वर्ल्ड नेवा अर्गनाईजेशन जापानले २०१६ अगस्त ६ र ७ मा शिबुयाको योयोगी पार्कमा अयोजना गर्ने नेपाल डे फेस्टिभलमा लाखे तथा झ्यालिंचा नाच र नेवार भेषभुषा र नेवार नृत्य र बाजाको प्रदर्शन गर्ने सम्पूर्ण तयारी पूरा भएको छ ।

newari_bhesbhusaकार्यक्रमकी संयोजक इन्दिरा सुजुकी राजभण्डारीले बिज्ञप्ति मार्फत कार्यक्रम को तयारी पूरा भएको जनाएकी हुन् ।

कार्यक्रममा जापानमा बस्ने सम्पूर्ण नेवार दाजुभाइ दिदीबहिनीहरुलार्इ आफ्नो भेषभुषामा सहभागी हुन अायोजकले अग्रह गरेका छन् ।

नेवार भेषभुषाका लागि वर्ल्ड नेवा:अरगनाईजेशन जापानमा सम्पर्क गर्न सकिनेछ अायोजकले जनाएका छन् ।

नेवार नृत्य ,नेवार बाजा (धिमे ,बाँसुरी इत्यादि ),लाखे नाच र झ्यालिंचा नाच गर्न चाहने , कुनै पनि नेवार संस्कृति झल्कने कला प्रदर्शन गर्न इच्छुक व्यक्तिहरुले अर्गनाईजेशनमा सम्पर्क गर्न अह्वान गरिएको छ ।

लाखे तथा झ्यालिंचा नाच ,नेवार भेषभुषा र गहनाहरु ,नेवार नृत्यका सामानहरु ,धिमे बाजा ,खिं बाजा ,भुस्या आदि उक्त कार्यक्रमका लागि चाहिने सम्पूर्ण सामानहरु वर्ल्ड नेवा: अर्गनाईजेशन जापानका प्रतिनिधि सविता श्रेष्ठज्युले नेपालका बिभिन्न स्थानहरुबाट संकलन गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment