Comments Add Comment

सहकारीहरु पनि मर्जरमा उत्साहित, रुपन्देहीमा अग्रसरता बढ्यो

वाषिर्क १२ अर्बको सहकारी कारोवार

sahakari-divison-rupandehi
१४ साउन, भैरहवा । बैंकहरुमा मर्ज (एकिकरण) अभियान चलिरहेको अवस्थामा रुपन्देहीका सहकारीहरु पनि मर्जतर्फ आकषिर्त हुन थालेका छन् ।

पुजी एकिकृत गरी उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले सहकारीहरु मर्ज तर्फ लागेका हुन । गत आर्थिक बर्ष २०७२/७३ मा जिल्लामा ६ वटा सहकारी संस्थाहरु मर्ज भएर तिन वटा भएका छन् । भने अन्य तिनवटा सहकारी मर्ज प्रक्रियामा रहेको डिभिजन सहकारी कार्यालय रुपन्देहीले जनाएको छ ।

डिभिजन सहकारी कार्यालय रुपन्देहीका सहकारी अधिकृत नेत्र प्रसाद घिमिरेकाअनुसार हालसम्म जिल्लामा जनशक्ति बचत तथा ऋण र जनचेतना बहुमुखी चिलहिया मर्ज भई जन एकिकृत बहुउद्देश्यीय सहकारी परीणत भइ कारोबार सुरु गरेका छन् ।

त्यस्तै रारा कृषिसहकारी बुटवल र चिराग कृषि सहकारी सेमलार मर्ज भएर रारा कृषि सहकारी संस्था लिमिटेड तथा साना किसान सहकारी सेमलार र दुग्ध सहकारी सेमलार मर्ज भई साना किसान सहकारीमा परीणत कारोबार थालेका छन् ।

यस्तै मेचीकाली बहुउद्देश्यीय बुटवल, सामुदायीक बहुउद्देश्यीय बुटवल र तनाउ बहुउद्देश्यीय सहकारी पनि मर्जको अन्तिम तयारीमा छन् । यि बाहेक अन्य १६ वटा सहकारीहरु पनि मर्जको प्रक्रियामा रहेका डिभिजन सहकारी कार्यालय रुपन्देहीले जनाएको छ ।

सहकारीहरु मर्ज हुँदा पुजी वृद्धि भई उत्पादनमुलक क्षेत्रमा एकमुष्ट लगानी गर्न सहज हुन्छ । अर्कोतर्फ मर्ज हुँदा सहकारीमा दोहोरो सदस्य पनि कम हुन्छ ।

हाल रुपन्देहीमा ७ सय ३० वटा सहकारी रहेका छन् । यि मध्ये ३ सय ६३ बचत तथा ऋण, १ सय ९ वटा बहुउद्देश्यीय, १ सय ९२ बटा कृषिर ५३ वटा दुग्ध सहकारी रहेका छन् । यि सहकारी मार्फत जिल्लामा वाषिर्क १२ अर्बको कारोवार हुने गरेको सहकारी अधिकृत घिमिरेले बताए ।
उनका अनुसार १ अर्ब ५० करोड भन्दा बढी सहकारीमा सेयर पुजी छ । भने ८ अर्ब बढी बचत पुजी रहेको छ । प्रत्यक्ष रुपमा १३ सयले सहकारीमा रोजगारी पाएका छन् । जिल्लामा १ लाख ५५ हजार सहकारीमा अवद्ध छन् ।

गाउँ तथा विपन्न समुदायमा सहकारीले प्रभावकारी भुमीका खेल्दै आएको छ । खासगरी ग्रामीण क्षेत्रमा सहकारीले बचत गर्ने बानिको बिकास, आयआर्जन, उत्पादन सिल तथा जागरुकता ल्याउनमा उल्लेख्य भूमिका खेलेको उनको दावी छ । कृषर्ी, ब्यापार, गाडीमा सहकारीको लगानी बढी छ ।

१२ सहकारी खारेज
त्यस्तै गत आर्थिक वर्ष २०७२/७३ मा जिल्लामा १२ वटा सहकारीको दर्ता खारेज गरिएको छ । लगातार २ बर्षसम्म साधारणसभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरीत काम गर्ने सहकारीको दर्ता खारेज गरिएको सहकारी अधिकृत घिमिरेले बताए ।

यसरी दर्ता खारेज हुनेमा अधिकांश कृषर्ीमा आधारित सहकारीहरु छन् । डिभिजन सहकारी कार्यालय रुपन्देहीले पर्रोहा दूग्ध सहकारी पर्रोहा झारबैरा, सिमाना कृषि सहकारी दयानगर, चमन कृषि सहकारी सिद्धार्थनगर-९, तत्परता कृषि सहकारी सुर्यपुरा ५, हरीत शक्ति कृषि सहकारी बगाहा ९, कोहिनुर कषि सहकारी बसन्तपुर ८ को दर्ता खोरज गरिएको जनाएको छ ।

त्यस्तै प्रमाण कृषि सहकारी संस्था लि. रोहिनिहवा, किफायती कृषि सहकारी संस्था लि. बगाहा ४, चिरायु जडीबुटी सहकारी संस्था लि. सालझण्डी ४, चण्डीका बचत तथा ऋण सहकारी हाटीबनगाई १, सुसेली बचत तथा ऋण सहकारी संस्था लि. मक्रहर, नवदुर्गा दुग्ध उत्पादन सहकारी एकला ८ र दिव्य ज्योती बहुउद्देश्यीय सहकारी करहीया ८ को पनि दर्ता खारेज गरिएको छ ।

यस्तै सहकारी मापदण्ड विपरीत काम गर्ने अन्य ४८ वटा सहकारीको पनि दर्ता खारेजी प्रक्रियामा रहेको सहकारी अधिकृत घिमिरेले बताए ।
उनकाअनुसार समयमै साधारणसभा नगर्ने, लेखा परीक्षण नगर्ने, डिभिजन सहकारीमा आर्थिक विवरण पेस नगर्ने तथा उद्देश्य विपरीत काम गर्ने १ सय ८९ वटा सहकारी जरीवाना कारवाहीमा परेका छन् ।

ति सहकारीहरुलाई सहकारी ऐन अनुसार १ सय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म जरीवाना गरी २ लाख १६ हजार रुपैयाँ राजस्व सकंलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment