Comments Add Comment

उच्च मुनाफा कमाउँदै गुगलको मातृ कम्पनी

google

इन्टरनेट जाएन्ट गुगलको मातृ कम्पनी अल्फाबेटको मुनाफा उकालो चढ्ने क्रम जारी छ । पछिल्लो त्रैमासिकको तथ्यांकले अल्फाबेटको मुनाफामा वृद्धि भएको देखाएको छ ।

खासगरी मोबाइल डिभाइसहरुमा विज्ञापनको बिक्रि उच्च हुँदा अल्फाबेटको मुनाफा चुलिएको हो । अप्रिल देखि जुन सम्मको त्रैमासिकमा अल्फाबेटले २१ ऋर्ब ५० करोड डलर राजशव प्राप्त गरेको छ ।

गत वर्षको १७ अर्ब ७० करोड डलरको तुलनामा यो २१ द्यशमलब ३ प्रतिशतले बढि हो । त्यस्तै पहिलो त्रैमासिकको तुलनामा १७ प्रतिशतले बढि हो ।

यो अवधिको खुद आय ४ अर्ब ९० करोड डलर रहेको छ । गत वर्ष सोही अवधिमा खुद आय ३ अर्ब ९० करोड डलर मात्र थियो ।
मुनाफा वृद्धिको यो तथ्यांक सार्वजनिक भएसँगै अल्फाबेटको शेयर मूल्यमा समेत ६ प्रतिशत सम्मले वृद्धि भएको छ ।

मोबाइल विज्ञापनको क्षेत्रमा मात्र होइन गुगलले भिडियो मार्केटमा पनि राम्रो प्रगति गरेको छ र गुगललाई फेसबुक र टि्वटरसँग तिव्र प्रतिस्पर्धामा उभिन सक्षम बनाएको छ ।

गुगलका सिइओ सुन्दर पिचाइका अनुसार प्रयोगकर्तालाई यु ट्युबमा उपयुक्त अर्थात् मनपर्ने भिडियोको सुझाव प्रदान गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment