Comments Add Comment

महालक्ष्मी कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

Mahalaxmi-Upadhyaya,-Dina१६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

उपाध्याय गत फागुनमा भएको महाधिवेशनमा खुला २५ तर्फ प्रतिस्पर्धा गर्ने दुई महिला मध्ये एक थिइन् । सुजाता कोइराला निर्वाचित भइन् भने उनी पराजित भइन् ।

सभापति देउवाले पार्टी विधानको धारा २१ को उपधारा ७ अनुसार केन्द्रीय सदस्यमा नियुक्त गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment